Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

रासस

लण्डन । गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । 

सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।

गोर्खा विभाग प्रमुखसमेत रहनुभएका गैरआवासीय युकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटेर ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, “नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया पनि सुरु गरिसकेको भन्ने मन्त्रिपरिषद्को १६ अगष्टको निर्णयलाई हामीले सकारात्मकरूपमा लिएका छौँ । हामी नेपाल सरकारलाई ठोस योजनासहित यो समस्याको दीर्घकालीन समधानका लागि तत्काल पहल गर्न अपिल गर्दछौँ ।”

एनआरएनए युकेले तीन महिना अगाडि बेलायतस्थित ब्रिटिश गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच संस्थाको सहभागितामा नेपाल सरकारलाई प्राविधिक समितिको सिफारिस कार्यान्वयनका लागि वार्ता टोली गठनको माग गर्दै पत्र पठाएको थियो । सोही समयमा बेलायती प्रधानमन्त्रीलाई पनि पत्र पठाइएको थियो । बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयले ११ मे २०२१ मा जवाफ पठाएको पनि थियो ।

बेलायती रक्षा मन्त्रालयले एनआरएनलाई लेखेको जवाफीपत्रसमेत संलग्न गरेर ज्ञापनपत्र पठाइएको हो । “अगष्ट ७, २०२१ देखि तीन जना अभियानकर्मीले आमरण अनशन सुरु गरेका छन् । नप्रतिदिन उनीहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । हामी उनीहरुको जीवन रक्षाबारे अत्यन्त चिन्तित छौँ”, पत्रमा उल्लेख गरिएको छ । “लामो समयसम्म बल्झिरहेको सेवानिवृत्त ब्रिटिश गोर्खा सैनिकका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा लामो समयसम्म गरिएको छलफलको निष्कर्षको रुपमा २०१८ मार्चमा अन्तिम रुप दिइएको १३ बुँदे प्रतिवेदनलाई अविलम्ब कार्यान्वयन गर्न बेलायत सरकारसँग कूटनीतिक पहल गरी समस्या समाधान गर्न एनआरएनए युके जोडदार माग गर्दछ”, अध्यक्ष गाहामगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा गोर्खा समस्याको दिगो र स्थायी समाधानका लागि तत्काल एक उच्चस्तरीय वार्ता समिति गठन गरी वार्ताको मिति र स्थानसमेत तोक्न कूटनीतिक पहल गर्न पनि माग गरिएको छ । ज्ञापनपत्रमा नेपाली दूतावासबाट प्रदान गरिने राहदानी नवीकरण, एमआरपी, भिसा थपजस्ता सेवा नियमितरूपमा घुम्ती सेवामार्फत स्कटल्याण्डमा पनि उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies