Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

प्रहरी चौकी भवन बनाउन तीन रोपनी जग्गादान

रासस

सिमकोट । हुम्लाको दक्षिण भेगमा अवस्थित  मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन् ।

चङ्खेली गाउँपालिका–१ मा रहेको सो  चौकी  भाडाका घरमा बस्दै आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गरे ।   जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकी आफ्नै भवनमा बस्दै आएका छन् ।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिररे बस्दै आएका छन् । नाम्खामा रहेको मुचु , लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए  ।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उनले जानकारी दिए । उनले भने,  “आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन”, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो । अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy