Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह

रासस

गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ । 

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि गतसाउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस सङ्क्रमणको सक्रिय दर बढेर ७४० पुगेपछि गत साउन २८ गतेयता अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए । 

केही दिनयता कोरोना सङ्क्रमण दरमा विस्तारै कमी आएकाले आजदेखि बजार, पसल, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक शिवकुमार कार्कीले जानकारी दिए  । “विस्तारै कोरोना घटेपछि पुन: निषेधाज्ञामा खुकुलो बनाइएको हो”, प्रजिअ कार्कीले भने, “स्वास्थ्य सचेतना अपनाउँदै जनजीवन सहज बनाउँदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसाय सञ्चालन गर्ने, वित्तीय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत सङ्कलन गर्न नपाइने, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिकस्थल खुला राख्न नपाइने भएको छ । धार्मिकस्थलमा भने नित्य कर्म मात्रै गर्न पाइनेछ । 

यस्तै आवसीय होटल, रेष्टुराँ र खाजाघर सञ्चालन गर्न पाइने भए पनि पार्टी प्यालेस, जिमघरलगायत तालिम तथा सेमिनार गर्न पाइने छैन । बिहीबारसम्म जिल्लामा ३४८ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट जिल्लामा हालसम्म ६५ जनाको मृत्यु भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE