Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी स्मार्ट तरिकाले थाहा पाउनुस् आफ्नो आहारमा मिसावट त छैन

खानेकुरामा मिसावट स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ । त्यसकारण यसबाट सावधान रहन जरुरी छ । तर, जानकारीको अभावमा हामी यसको पहिचान गर्न सक्दैनौं । आज हामी तपाईंलाई यस्तो तरिका बारे बताउँदैछौं जसलाई अपनाउँदा तपाईं आफ्नो घरमा बसेर नै यी मिसावट चिजको पहिचान सजिलै गर्न सक्नुहुन्छ । \"adulterated१. मिसावट आहारको पहिचानः आजकाल खानेकुरामा मिसावट निकै आम कुरा हो । एक सर्वेको रिपोर्टका अनुसार, नेपालमा खोलिएका जति खानेकुरा बिक्रि हुन्छन् तीमध्ये लगभग ६४ प्रतिशत खानामा मिसावट हुने गर्दछ । दुध, पनिर, चिया र तेलदेखि मसालामा मिसावट हुने गर्दछ । यो मिसावट स्वास्थ्यको लागि निकै हानिकारक हुनसक्छ । त्यसकारण यसबाट सावधान रहन निकै आवश्यक छ । तर जानकारीको अभावमा हामी यसको पहिचान गर्न सक्दैनौं । आज हामी तपाईंलाई यहि तरिका बारे जानकारी दिँदैछौं । \"tea२. चियाः बिहानको समय चियाको चुस्की लिन कसलाई मनपर्दैन र ? तर के तपाईंलाई थाहा छ, जुन चिया तपाईं पिउनुहुन्छ त्यो सिधै इलामको खेतबाट आउँदैन । त्यसकारण चियाको मिसावटको जाँच गर्नु निकै जरुरी हुन्छ । चियापत्ती चिसो पानीमा हाल्दा यदि पानी खैरो रङमा परिवर्तन भयो भने थाहा पाउनुस् तपाईंको चियापत्तिमा मिसावट छ । \"Frozen३. फ्रोजन मटरः हामी आफ्नो फ्रिजमा धेरैजसो फ्रोजन मटरको प्याकेट स्टक राख्दछौं । तर के तपाईंलाई थाहा छ, कुनै प्याकेटमा मेलाकाइट ग्रीन नामक डाई तत्व पाइने गर्दछ जसमा पेटसम्बन्धी गम्भीर रोग (अल्सर, ट्यूमर आदि) हुने खतरा रहन्छ । फ्रोजन मटरमा पाइने मिसावट जाँच गर्नका लागि मटरको एउटा दानालाई पानीमा राखेर आधा घण्टाको लागि छोडिदिनुस् । यदि पानी रंगीन हुन्छ भने त्यसमा मिसावट भएको बुझ्नुहोस् । \"Cinnamon४. दालचीनीः मसालाको रुपमा प्रयोग गरिने दालचीनीमा पनि मिसावट हुने कुरा तपाईंमध्ये धेरैलाई थाहा नहोला । हो, दालचीनीमा अम्बाको बोक्रा मिसाइएको हुन्छ  यदि तपाईं दालचीनीमा मिसावटको परिक्षण गर्न चाहनुहुन्छ भने यसलाई हातमा रगडेर हेर्नुहोस्, यदि यो शुद्ध हो भने तपाईंको हातमा रङ आउनेछ । \"turmeric५. पिनेको बेसारः खानामा बेसारको प्रयोग लगभग हामी सबै गर्छौं । तर बेसारलाई धेरै चम्किलो र राम्रो क्वालिटीको देखाउनको लागि यसमा लेड क्रोमेट मिसाउने गरिन्छ । यसले क्यान्सर, शरिरभित्र विष बन्नु, हृदय विकार र छालासम्बन्धी रोग हुनसक्छ । यसमा मिसावटको जाँच गर्नको लागि बेसारको धुलोमा पाँच थोपा हाइड्रोक्लोरिक एसिड एचसीएल र पाँच थोपा पानी हालेर गर्न सक्नुहुन्छ । यदि बेसारमा गुलाबी रङ देखियो भने बेसार मिसावटी भएको भन्ने बुझ्नुहोस् । \"Apples६. स्याउः भनिन्छ, दिनमा एउटा स्याउ खाँदा तपाईं डाक्टरबाट टाढा रहनुहुन्छ । तर पालिस गरिएको स्याउ खाँदा यस्तो सम्भव हुँदैन । तर मैनले पालिस गरिरे ताजा देखाउने स्याउ तपाईंको स्वास्थ्यको लागि हानीकारक हुनसक्छ । स्याउमा मिसावट भएको छ छैन भन्ने थाहा पाउन निकै सजिलो छ । यसका लागि मात्र एउटा ब्लेड  लिनुहोस् र हल्का हल्का बाहिरी भाग खुर्कनुहोस्  । यदि त्यसमा सेतो पदार्थ निस्किए त्यो मैन भएको बुझ्नुहोस् । \"Black७. कालो मरिचः कालो मरिचमा पनि मिनरल ओइलको मिसावट हुने गर्दछ । कालो मरिचमा मिसावट भए नभएको सजिलै थाहा पाउन सकिन्छ किनभने मिसावट गरिएको मरिचको दानामा निकै चमक हुने गर्दछ र यसमा मट्टितेलजस्तो गन्ध आउने गर्दछ । \"Cumin८. जीराः जीरा दैनिक आहारमा प्रयोग हुने महत्वपूर्ण हिस्सा हो । तर यसलाई चारकोल डस्टले रंगाइएको हुन्छ । जिरामा मिसावटको जाँचको लागि थोरै जिरा लिनुहोस् र त्यसलाई राम्रोसँग माँड्नुहोस् । यदि जीरा कालो भएमा यो मिसावटको संकेत हो । \"red९. रातो खुर्सानीः खानामा पिरो स्वाद दिने रातो खुर्सानी पाउडरमा ईंट्टाको पाउडर प्रयोग गरिएको हुन्छ । यसमा मिसावटको जाँच गर्नको लागि पानीमा रातो खुर्सानी पाउडर हाल्नुहोस् । यदि पाउडर पानीमा तैरियो भने त्यसमा कुनै प्रकारको मिसावट नभएको बुझ्नुहोस्  यदि ईंट्टाको पाउडर पानीमा डुब्यो भने थाहा पाउनुस्, यसमा मिसावट छ । \"Milk१०. दूधः दूध बेच्ने मानिसले दूधमा पानी मात्र मिसाएर तपाईंलाई मुर्ख बनाउँदैनन्, उनीहरुले यसमा डिटर्जेन्ट र सिन्थेटिक मिल्क पनि मिसाउने गर्दछन् । दुधमा मिसावट थाहा पाउनको लागि १० मिलिलिटर दूधमा त्यतिमात्रामा नै पानी हाल्नुहोस् । यदि फिँज निस्कियो भने त्यसमा डिटर्जेन्ट हुनसक्छ । सिन्थेटिक दूध पत्ता लगाउनको लागि दूधलाई उमाल्नुहोस् । यदि तातो गर्दा पहेंलो रङ अथवा औंलाको बिचमा लिएर रगड्दा साबुनजस्तो महसुस भए त्यसमा सिन्थेटिक दुध हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: