गण्डकी । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा उहाँहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो ।
भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उहाँले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए ।
प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि सङ्घ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । बाढीपहिराका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि सङ्घ सरकारको भर परेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिनुभयो । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उहाँले आग्रह गरे ।
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोती रिजाल तथा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: