‘जातीय छुवाछूत तथा भेदभाव उन्मूलन ऐन’ ल्याउनुपर्ने सुझाव
भाद्र १६ गते, २०७८ बुधवार 1st September, 2021 Wed१४:०४:३९ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । अपराध नियन्त्रणमा मात्रै सीमित नराखी जातीय भेद्भाव उन्मूलनको मूलभूत दायित्वलाई आत्मसात् गरी तदअनुरुप दण्डसजायको व्यवस्था गरी ‘जातीय छुवाछूत तथा भेद्भाव उत्मूलन ऐन’ ल्याउनुपर्ने सुझाव दिइएको छ ।
जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ विधायनोत्तर अवस्थाको अध्ययन टोलीले प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिलाई अपराधको रोकथाम, नियन्त्रण, सामाजिक जागरण, गैर फौजदारी अवयव भएको बोधगम्य छाता कानून (जातीय छुवाछूत तथा भेद्भाव उत्मूलन ऐन) को रुपमा विद्यमान ऐनलाई रुपान्तरण गर्न सुझाव दिएको हो ।
अध्ययन प्रतिवेदनको सुझावमा भनिएको छ, “जातीयताको आधारमा हुने गरेका अप्रत्यक्ष एवं सूक्ष्मस्वरुप (आशय, भावात्मक) का तर मानसिक र भावनात्मक चोट पुर्याउने खालका छुवाछूत र भेद्भावका अवयवलाई पनि समावेश गरी कसुरको दायरालाई फराकिलो पार्नुपर्ने ।” अधिवक्ताद्वय राजुप्रसाद चापागार्इं र श्याम विश्वकर्मा र अनुसन्धानकर्ता कृपा पोखरेलको टोलीद्वारा समिति समक्ष प्रस्तुत प्रतिवेदनले कसुरलाई आपाराधिक कार्यको गाम्भीर्यताको आधारमा वर्गीकरण गरी गम्भीर प्रकृतिका जातीय भेद्भाव तथा छुवाछूतको अपराधमा अपराधको प्रकृति र गाम्भीर्यताको अनुपातमा नै भइरहेको सजायको हदलाई बढाउनसमेत ठोस् सुझाव दिएको छ ।
छुवाछूत ऐन २०६८ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा काम गरे वा गराएमा जातीय भेद्भाव वा छुवाछूत गरेको मानिने व्यवस्था गरिएको छ ।
त्यसैगरी कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । ऐन लागू भएपछि जाजरकोट, रुपन्देही, रुकुम, कैलाली, मोरङ, कास्की र काभ्रेलगायतका जिल्लामा अन्तरजातीय विवाह वा प्रेम गरेका कारण, पानी छोएको निहँुमा र चुलो छोएको निहँुमा २२ जना दलितले ज्यान गुमाउनु परेको समता फाउण्डेशनले जनाएको छ ।
समितिबाट पािरत सो प्रतिवेदन प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने र अनु्मोदनका लागि अनुरोध गर्ने सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । अनुसन्धान, अभियोजन र न्यायनिरुपणको कानूनी प्रक्रियालाई सकभर पन्छाएर मेलमिलापबाट सुल्झाउन खोज्ने प्रवृतिले गर्दा ऐनको प्रभावकारी कार्यान्वयनमा बाधा उत्पन्न भएको अध्ययनको निष्कर्ष छ ।
अधिवक्ता श्याम विश्वकर्माले तीन महिनाको हदम्याद सामाजिक, आर्थिक एंव सांस्कृतिक परिवेशमा र अपराधको गाम्भीर्यताको आधारमा अनुदार देखिएको बताउँदै त्यसलाई संशोधन गरी कम्तीमा दुई वर्षको हदम्यादको व्यवस्था गर्नुपर्छ भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: