NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

भुजीखोलामा बाढी आएको एक वर्ष बित्यो : अझै १५ जनाको अत्तोपत्तो छैन

खबरडबली संवाददाता

बलेवा । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ ।

बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । विसं २०७७ भदौ १७ गतेअर्थात् आजकै दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजेको हुँदो हो भुजी खोलामा अनायसै आएको बाढीले नत पानी भन्न दियो, नत गुहार नै माग्न ।

बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बडार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए । 

पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसम्हार मच्याउने गरी बाढी आएको नगर प्रमुख देवकुमार नेपालीले बताए । “त्यो दिन वर्षा पनि अधिक भएको थियो, कुनै मानव सिर्जत कारण नभएर सुर्तिवाङको वनमा गएको पहिरो बाढीका कारण हो”, नेपालीले भने, “हाम्रो नगरमा सबैभन्दा बढी क्षति हुने र दु:खद् घटना भयो ।”

खोइ उनी कहाँ छन् ?

भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । “खोजीकार्य जारी नै छ तर कोही भेटिँदैनन्”, जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले भने, “जीवित भए खबर आउँथ्यो होला, बाढीपहिरामा परेका भए सडेगलेर सकिने बेला भो, खोजेर पनि भेटिने केही छैन ।” 

वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता छन् । 

बेपत्ता हुने अधिकांश बालबालिका

बाढीपहिरामा परी बेपत्ता भएका १५ जनामध्ये आठ जना बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । तिर्सना, मनिसा, रोशन, रवि, समुन्द्र, प्रकृति, उमिषा र मोहन बालबालिका हुन् । बेपत्ता बालबालिकामध्ये उमिषा सबैभन्दा कम उमेर १० महिनाकी बालिका हुन् भने समुद्र १६ वर्षीय बालक हुन् । दुई पुरुष र अरु पाँच महिला रहेका छन् । मृतक २२ मध्ये पाँच बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । मृतकमध्ये सबैभन्दा धेरै महिला थिए । दश महिला र सात पुरुषले बाढीपहिरामा परेर ज्यान गुमाएका थिए ।

क्षति पछिको पुन:निर्माण र पुन:स्थापना

बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुगे । हेलिकप्टर चडेर ढोरपाटन पुगेका दुवैले राहत र पुन:स्थापनाको कुरा त गरे तर उहाँहरु आएको हेलिकप्टरको हावासँग पीडितलाई दिएको आश्वासन उड्यो । गण्डकी सरकारले प्रतिमृतक रु ५० हजार र सङ्घीय सरकारले दिने रु दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन् । तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो ।

बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो तर एक वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ । गत वर्ष जिल्लाभरि ६३२ घर पुन:निर्माण गर्नुपर्ने गरी भत्केका छन् । ढोरपाटनमा मात्रै १२६ घर बगाएको थियो ।

एक वर्ष बितिसक्दा पनि सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छैन । कार्यक्रम अभावमा कैयौँ पीडित बसाई सरेर अन्यत्रै गएका छन् । कतिपयको अझै विचल्ली छ । “जोखिमग्रस्त क्षेत्र भनेपछि पीडितलाई सम्बोधन गर्ने कार्यक्रम भैदिए राम्रो हुन्थ्यो, तर अहिलेसम्म त्यस्तो केही आएको छैन”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, “निजी आवास पुन:निर्माण तथा पुन:स्थापना अनुदान कार्यक्रम आउने कुरा छ, अझै आइसकेको छैन ।” गृहमन्त्रालयअन्र्तगत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ले ती आवास पुन:निर्माण गर्ने योजना छ । 

पालिका तहबाट सानो सहयोग जुटाएर कतिपयले घर बनाउन थालेका छन् । ढोरपाटन एकद्वार प्रणालीबाट दाताले दिएको राहत सङ्कलन भएको थियो । सोही रकमबाट आवास निर्माणका लागि कसैले पहिलो किस्तास्वरुप रु ५० हजार लगेका छन् । सन्तानब्बे घर नबनाई नहुने भएकाले छानाबाहेक प्रत्येक घरका लागि रु दुई लाख उपलब्ध गराइएको नगरप्रमुख नेपालीले बताउनुभयो । तीमध्ये केहीका घर बनिसकेका छन् भने केही घर निर्माणाधीन छन् तर सरकारी कार्यविधिअनुसार बजेट र कार्यक्रम नआएकाले नेपाल सरकारले दिने भनेको अनुदान भने पीडितले अझै पाएका छैनन् । 

निजी आवास पुन:निर्माण तथा पुन:स्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन भएको छैन । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुन:निर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रु चार लाख, घडेरीका लागि तीन लाख गरी पीडितले रु सात लाखसम्म पाउनुपर्ने व्यवस्था छ । 

उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुुपर्छ । प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम सङ्घले व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : कांग्रेसलाई ८ र रास्वपालाई ३ मन्त्रालय

साना तीन दल र स्वतन्त्रलाई एक/एक मन्त्रालय

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ। ...

थ्री नेसन्स कपमा भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडौं।  ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को लिग चरणको अन्तिम खेलमा नेपाल-भुटानले बराबरी खेल खेलेका छन्। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको...

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अहिले...

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचा...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न मधेसी आयोगको अपिल

काठमाडौं। मधेसी आयोगले मिटरब्याजी पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ ।  सरकारले उनीहरूको समस्या तत्कालै समाधानका लागि “बहुवैक...

थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं।  देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा प...

गठबन्धनको बैठकले प्रधानमन्त्रीले पेस गरे न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’

काठमाडौं। १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठ...

प्रदेश नामाकरणमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप : डीएसपीसहित १९ जना घाइते

काठमाडौं ।  प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।   विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख...

सत्ता गठबन्धन बैठकमा सहमति भएन, भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ ।  न्यूनतम साझा कार्यक्रममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page