धादिङ । जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।
खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।
होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उनको भनाइ छ ।
यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८१ - १५:१३
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भ...
कार्तिक २७ गते, २०८१ - १३:५९
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि वेपत्ता छन् । गुठिखेत घर भएका २७ बर्षीय कार्की गत असोज २७ गतेबाट पर...
कार्तिक २७ गते, २०८१ - १२:४९
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । लामिछानेलाई बयानका लागि बुटवल लगिएको हो । बुटवलको सुप्रि...
कार्तिक २७ गते, २०८१ - ११:४०
लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्र...
कार्तिक २७ गते, २०८१ - १०:४४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट ...
कार्तिक २७ गते, २०८१ - १०:३९
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०–८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बि...
कार्तिक २७ गते, २०८१ - १०:३७
काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन बार्ता नभएको मस्कोले दाबि गरेको छ । यसअघि अ...
कार्तिक २७ गते, २०८१ - १०:३५
काठमाडौँ । 'डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्र...
कार्तिक २६ गते, २०८१ - १४:५५
भैरहवा । निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबा...
कार्तिक २६ गते, २०८१ - १४:५३
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्याना...
प्रतिकृया लेख्नुहोस्: