Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, उदयपुर र धनुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

उनले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुहान हेलम्बु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुषास्थित कमलानदीबाट भएको कटानको स्थलगत निरीक्षण गरेका हुन् ।

मेलम्ची हेलम्बु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू–बनोटका कारण पहिरो गई हिलो आएर क्षति पुर्याएकाले मुहान क्षेत्रबाटै बलियो पूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताए । 

ग्रेग्रानसहितको हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पुर्याएको बताउँदै उनले भने, “पुनर्निर्माणको काम छिटो अघि बढाइनेछ, सबै निकायको समन्वय र सहकार्यमा काम अघि बढाउने विषयमा सरकार गम्भीर छ ।” राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भएपनि मेलम्ची क्षेत्रको पुनर्निर्माण अघि बढाइने उनले बताए । 

मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भने, “सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो । त्यसैले पुनर्निर्माणको कामका लागि ढुक्क हुनुस्, सरकारले सहयोग गर्छ ।”

कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उनले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाए । कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजाराँै जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उनले जनाए ।

धनुषाको कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीयवासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रुपमा अघि बढाएकामा सराहना गर्दै कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढङ्गबाट अघि बढाइने विश्वास दिलाए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा एमाले टिकट वितरण : युवालाई पन्छाउँदै पुरानै नेतामाथि भरोसा

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...

प्रतिनिधिसभा चुनावको सरगर्मी बढ्दा बागमतीका ६ प्रदेश सांसदको राजीनामा

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...

रूकुम पूर्वमा प्रचण्डसँग भिड्ने एमाले उम्मेदवार फेरिए, लीलामणि गौतम आए मैदानमा

बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...

चुनावी सरकारका मन्त्री घट्दै, ललितपुर २ मा चुनावी मैदानमा हाेमीने सञ्चार मन्त्री खरेलकाे तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending