Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

शिक्षालाई सीपसँग जोड्न सके बेरोजगारको समस्या समाधान गर्न सकिने

रासस

विराटनगर ।  शिक्षालाई सीपसँग जोड्न सकियो भने शिक्षित बेरोजगारको समस्यालाई समाधान गर्न सकिन्छ । सीपले नै मानिसलाई जीवन निर्वाह गर्न आधार खडा गरेको पाइन्छ । अहिले पनि सीपमा पोख्त सिकर्मी, डकर्मी र ग्यारेजमा काम गर्ने र सिलाइकटाइको काम गर्ने मानिस नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीभन्दा बढी आय आर्जन गर्दछन् ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा ‘मानव केन्द्रित पूर्णलाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ नाराले पनि यो पुष्टि गर्दछ की सीपले मानिसलाई स्वरोजगार प्रदान गर्दछ । हाम्रो देशमा नयाँ शिक्षा प्रणाली लागू हुनुपूर्व सरकारी विद्यालयमा कृषि, काठका सामान बनाउने तालिम दिइन्थ्यो तर अहिले ती विषयलाई पाठ्यक्रमबाट हटाइँदा घरका सामान्य काम गर्न पनि मानिसले बाहिरबाट नै मानिस बोलाउनुपर्ने अवस्था छ । अहिले पनि विद्यालयमा व्यावसायिक शिक्षाको महत्व बढिरहेको महसुस गर्न सकिन्छ । 

विगतका तुलनामा विद्यालय र विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । न्यून साक्षरता भएको हाम्रो देशमा अहिले साक्षरताको प्रतिशत उच्च रहेको पाइए पनि सीपमा साक्षरता हुन नसक्नु नै हाम्रो शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक देखिनु हो ।

प्रदेश नं १ मा शिक्षाको अवस्था

प्रदेश नं १ अन्तर्गत १४ जिल्लामा उच्च शिक्षामा छात्राको सङ्ख्या ज्यादा रहेको छ । प्रदेशका तराई, पहाड र हिमालका जिल्लामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रको तुलनामा छात्रा ज्यादा रहेको सामाजिक विकास मन्त्रालयबाट उपलब्ध तथ्याङ्मा उल्लेख छ ।

प्रदेशका कक्षा ९ मा अध्ययन गर्ने छात्राको सङ्ख्या ४७ हजार ८७५ रहेको छ भने छात्र ४७ हजार २९३ गरी जम्मा ९५ हजार १६८ रहेका छन् । यसैगरी कक्षा १० मा अध्ययन गर्ने छात्रा ४३ हजार ०२१ छन् भने छात्र ४० हजार ७८३ गरी जम्मा ८३ हजार ८०४ रहेका छन् ।

यस्तै कक्षा ११ मा अध्ययन गर्ने छात्राको सङ्ख्या तराईको सुगमसहित १४ जिल्लामा अत्यधिक रहेको छ । उक्त कक्षामा अध्ययन गर्ने छात्रा २९ हजार ५० छन् भने २४ हजार ९२५ छात्र गरी जम्मा ५३ हजार ९७५ जना रहेका छन् । यस्तै कक्षा १२ मा सम्पूर्ण १४ जिल्लामा कुल ४७ हजार ७९७ विद्यार्थीमध्ये छात्रा २६ हजार २८२ र छात्र २१ हजार ५१५ रहेका छन् । यस्तै प्रदेशमा कक्षा १ देखि ५ सम्म छात्रा दुई लाख पाँच हजार ४९१ रहेका छन् । कुल पाँच लाख ४७ हजार १८० विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म छात्रको सङ्ख्या दुई लाख ८१ हजार ६८९ रहेको छ ।

यस्तै कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राको सङख्या  एक लाख ४२ हजार २६३ रहेको छ । सो समूहका एक लाख ४७ हजार ८२० छात्रले अध्ययन गरिरहेका छन् । जसरी विद्यालय र विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ त्यसरी नै विद्यालय तहदेखि नै सीममूलक शिक्षाको अवस्था सुदृढ भएर जाने हो भने बेरोजगारी समस्या समाधान हुँदै जानेछ ।

प्रदेश सरकारले विदेश पलायन हुने युवालाई स्वदेशमा स्वरोजगार र रोजगार उपलब्ध गराउन प्राविधिक शिक्षामा जोड दिएको छ । प्रदेशअन्तर्गतका विभिन्न विद्यालयमा प्रि डिप्लोमा र तीन वर्षे डिप्लोमाको अध्ययनका लागि सामुदायिक तथा निजी विद्यालयलाई जोड दिइएको मन्त्रालयका उच्च शिक्षा प्राविधिक शाखाका प्रमुख गोपालप्रसाद दाहालले बताए ।

प्रदेशमा बाली विज्ञान, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक, पशुलगायतमा अन्य प्राविधिक विषयमा सिटिइभिटीको सम्बन्धनमा विद्यालय सञ्चालन रहेका छन् । प्रदेशमा सिटिइभिटीको आङ्गिक शिक्षालय सात वटा सञ्चालनमा रहेका छन् भने साझेदारी  १२ वटा सञ्चालित छन् ।

यस्तै सिटिइभिटीका सम्बन्धमा प्राप्त सामुदायिक  ३८ वटा विद्यालय टिइसिए सञ्चालित छन् भने शिक्षा विभागबाट सञ्चाालित प्राविधिक तथा व्यवसायिक शिक्षा ९प्राविधिक धार० ९३ वटा सामुदायिक विद्यालयमा विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

यस्तै सिटिइभिटीबाट सम्बन्धन लिई ५३ वटा शिक्षालयले  विभिन्न प्राविधिक विषयमा अध्ययापन गराइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो । प्रदेशअन्तर्गतका विभिन्न प्राविधिक धारमा एक हजार ७०० विद्यार्थी अध्ययन गरिरहेका छन् भने सिटिइभिटीको सम्बन्धनमा आठ हजार विद्यार्थीलाई विभिन्न विद्यालयले अध्यापन गराइरहेको छ ।

सरकारले प्रदेशमा विद्यार्थीलाई दक्ष बनाउन प्राविधिक शिक्षामा जोड दिए पनि गुरुकुल तथा मदरसामा अध्ययनरत विद्यार्थीमा विशेष ध्यान दिइएको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले मन्त्रालयले धार्मिक शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरे पनि अहिले बाँडफाँट हुन बाँकी रहेको जानकारी दिए ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले वर्तमान समयमा सम्पूर्ण नागरिकलाई सूचना प्रविधिको ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई सूचना प्रविधिसम्बन्धी ज्ञान (साक्षरता) प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरेको बताए । उनले प्रदेशका विभिन्न विद्यालयमा शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिमका साथै आवश्यक कम्प्युटर व्यवस्था गरी बिहान बेलुका अभिभावकलाई सूचना प्रविधि साक्षरता अभियान सुरु गरेकामा कोरोना महामारीका कारण केही समस्या उत्पन्न भएको बताए ।

उपसचिव पोखरेलले अभियानबाट स्थानीय अभिभावक लाभान्वित भएमा सो स्थान समृद्ध हुने भएकाले स्थानीय निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतमका अनुसार मोरङमा आधारभूत तहदेखि माथिसम्मका ७९० वटा विद्यालय छन् । “हाम्रो शिक्षा परम्परागत एवं साक्षरता बनाउने नै हो । यस्तो शिक्षाले समग्र देशको बेरोजगारी समस्या समाधान गर्नुको सट्टा बढाउने भएकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ”, उनले भने ।

उनले मोरङका धार्मिकता अध्ययन गराउने ५७ वटा मदरसा रहेको जानकारी दिए  । मदरसामा अध्ययन गर्ने विद्यार्थीलाई अङ्ग्रेजी, नेपाली, उर्दू र अरबी भाषा सिक्न निकै कठिन हुन्छ । “यसलाई परिमार्जन गर्नु पर्छ । एउटा भाषा सिक्न त मानिसलाई हम्मेहम्मे पर्छन् भने कलिला बालबालिकाले चारचार वटा भाषा कसरी सिक्छन् ? मदरसा शिक्षामा विशेष अनुसन्धान हुनुपर्छ नभए ती बालबालिका त्यही विद्यालयमा सीमित भएर हराउने छन्”, उनले भने।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy