Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

रोकिएन मोटरसाइकल चोरी हुनेक्रम

रासस

काठमाडौँ । प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् । 

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । आज मात्रै महाशाखाले काठमाडौँको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गर्‍यो । 

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अबस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो । 

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीबार साँझ पार्किङ गरेर राखेको  अबस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकल सहित धिताल पत्रार परेका हुन् । 

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो । 

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो । चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको  छ ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ । आजमात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए  । उनले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गरेका छन्  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy