Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

अधिकांश खेतीयोग्य जग्गा बाँझो रहेपछि सिरहाका युवा धमाधम बिदेसिँदै

\"uncultivated-land\"१५ साउन, लहान  । वर्षा नभएर अधिकांश खेतीयोग्य जग्गा बाँझो रहेपछि सिरहाका ग्रामीण भेगका युवा धमाधम बिदेसिन थालेका छन् । खेतीयोग्य जग्गामा धान रोपाइँ गर्न नपाएर निराश भएका यहाँका युवा वैदेशिक रोजगारका लागि धमाधम खाडी मुलुक जान थालेका हुन् । खेतीमै निर्भर रहेका यहाँका युवा पानीको अभावमा खेतमा धान रोपाइँ गर्न नपाएका कारण वर्षभरि परिवारको दैनिक गुजारा टार्नसमेत समस्या हुने देखिएपछि धमाधम वैदेशिक रोजगारीमा जान थालेको युवाले बताएका छन् । ‘परिवारको गुजारा गर्न एकमात्र आधार धानखेती रहे पनि यस वर्ष समयमै वर्षा नभए पछि अधिकांश खेतीयोग्य जग्गा बाँझो रह्यो । कसरी वर्षभरि परिवारको गुजारा चलाउने ?’ सिरहाको तरेगना गोविन्दपुरका श्याम साह भन्छन्, ‘‘खेती पनि भएन, कमाउने अर्को स्रोत पनि छैनन्, त्यसैले कमाउन विदेश जाने तयारीमा छु ।’ ‘राहदानी बनाएर मलेसिया जान भिसाका लागि राहदानी लगाइसकेको छु, भिसा आउने बित्तिकै जान्छु’ उनले अगाडि भने, ‘खेती पनि भएन, घरमा बसेर के गर्नु, त्यही सोचेर विदेश जाने सोच बनाएको छु ।’ खेतीपाती नभएपछि सो गाउँका मात्र नभई छिमेकी गाउँका अधिकांश युवा विदेसिएका कारण सो गाउँ अहिले युवाविहीन बन्न लागेको छ । आफ्नो तीन बिगाहा पुख्र्यौली खेतीयोग्य जग्गा भएपनि वर्षा नभएपछि १० कट्ठा जग्गामा पनि धान रोपाइँ गर्न नसकेको दुःखेसो सुनाउँदै ढोढना वीरनगरका श्रवण चौधरी भन्छन्, ‘जग्गा छ तर रोपाइँ नै भएन, वर्षभरि कसरी गुजारा गर्ने भन्ने चिन्ता बढेको छ ।’ परिवार चलाउने कहीँ कुनै उपाय नदेखेपछि अन्तिम विकल्पमा वैदेशिक रोजगारमै जाने सोचमा पुगेको चौधरीको कथन छ । खेती गरेरै परिवारको गुजारा चलाउने र छोराछोरीलाई पढाउँदै आए पनि यस वर्ष पानीको अभावमा खेती नभएपछि ठूलो चिन्तामा परेको सुनाउँदै ढोढना वीरनगरकै अशोक चौधरी भन्छन्, ‘खेतीबाहेक अन्य कुनै सीप छैन, त्यसैले मजदुरी गर्न विदेश नै जाने सोचमा पुगेको छु, छिट्टै त्यसतर्फ जान्छु ।’ समयमा वर्षा नभएपछि कतिपय युवा पैसा कमाउन भन्दै नजिकैको भारतीय सहरहरु पसेका छन् । कतिपय युवा वैदेशिक रोजगारमा मलेसिया, दुबई र कतार पुगिसकेका छन् । बाँकी रहेका युवा पनि वैदेशिक रोजगारमा जाने सोचमा छन् । यसरी युवा शक्ति विदेसिएपछि सिरहा जिल्ला युवाविहीन बन्दै गएको छ । युवा शक्ति पलायन हुनु जिल्लाका लागि दुर्भाग्य भएको स्थानीयवासीले बताएका छन् । सिरहामा यसवर्ष धान रोपाइँमा कमी आएपछि जिल्ला कृषि विकास कार्यालयले खडेरीको समस्या हुन सक्ने सम्भावना दर्शाएको छ । सिरहा जिल्लामा रहेको ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये वर्षाको अभावमा करिब २२ प्रतिशतमात्र जग्गामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवले बताए । रोपाइँ भएका धानमा समेत सिँचाइ हुन नसक्दा धानबाली सुक्न थालेको छन् । यस कारण धान उत्पादनमा निकै कमी आउने र भोकमरीको समस्या सिर्जना हुन सक्ने अनुमान गरिएको छ । जीवन गुजाराको एकमात्र माध्यम खेती भए पनि वर्षाको अभावमा धान रोपाइँ हुन नसकेपछि चिन्तित बनेका सिरहा जिल्लाका किसानले अविलम्ब सरकारले जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । किसानलाई राहत दिनुका साथै विदेसिँदै गरेका युवालाई स्वदेशमै रोजगारीको आधार सिर्जना गरी युवा शक्तिलाई पलायन हुनबाट रोक्न अविलम्ब सरकारले ठोस कार्यक्रम ल्याउनु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy