Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जिससमार्फत पालिकामा रु ४१ करोडको काम

खबरडबली संवाददाता

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो ।

जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि रु एक करोड १० लाख, ११ वटा वडा कार्यालयका लागि रु चार करोड १३ लाख, ४५ वटा विद्यालय भवनका लागि रु तीन करोड ९९ लाख, तीन स्वास्थ्य संस्थाका लागि रु २३ लाख, छ खानेपानी आयोजनाका लागि रु २० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु ६० लाख गरी रु १० करोड २५ लाख खर्च गरिएको छ ।

जिससले खैरहनी नगरपालिकाका विभिन्न योजनामा रु छ करोड चार लाख खर्च गरेको छ । खैरहनीमा प्रशासनिक भवनका लागि रु एक करोड ६० लाख, छ वडा कार्यालयका लागि रु दुई करोड ५५ लाख, नौ विद्यालय भवनका लागि रु एक करोड ४९ लाख, तीन खानेपानी योजनाका लागि रु ४० लाख खर्च गरिएको डल्लाकोटीले जानकारी दिए ।
 
यस्तै रत्ननगर नगरपालिकाका विभिन्न आयोजनामा रु पाँच करोड ७८ लाख जिससले खर्च गरेको छ । प्रशासनिक भवनमा रु २० लाख, १२ वडा कार्यालयका लागि रु दुई करोड ७२ लाख, ११ विद्यालय भवनमा रु एक करोड २६ लाख, तीन स्वास्थ्य संस्थामा रु एक करोड २५ लाख र दुई खानेपानी आयोजनामा रु ३५ लाख बजेट खर्च भएको छ ।
 
राप्ती नगरपालिकामा रु पाँच करोड २८ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनमा रु दुई करोड ५० लाख, पाँच वडा कार्यालयमा रु एक करोड २२ लाख, आठ विद्यालय भवनमा रु ७६ लाख, दुई स्वास्थ्य संस्थामा रु २० लाख, पाँचवटा खानेपानी आयोजना रु ६० लाख खर्च भएको उनले जानकारी दिए  ।
 
कालिका नगरपालिकामा प्रशासनिक भवनमा रु दुई करोड, आठ वडा कार्यालयमा रु तीन करोड पाँच लाख, चारवटा विद्यालय भवनमा रु १७ लाख, एउटा स्वास्थ्य संस्थामा रु १५ लाख, एउटा खानेपानी आयोजनामा रु आठ लाख जिससले खर्च गरेको छ । सो नगरपालिकामा सबै योजनामा गरी रु पाँच करोड ४५ लाख बजेट खर्च भएको छ ।
 
माडी नगरपालिकामा रु चार करोड १४ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनका लागि रु एक करोड ५० लाख, तीन वडा कार्यालयका लागि रु ९५ लाख, आठ विद्यालय भवनका लागि रु ९९ लाख, दुई स्वास्थ्य संस्थाका लागि रु ३५ लाख र दुुई खानेपानी आयोजनाका लागि रु ३५ लाख खर्च भएको छ ।

जिससले जिल्लाको एउटा मात्रै गाउँपालिका इच्छाकामनामा विभिन्न आयोजनामा रु चार करोड २५ लाख खर्च गरेको छ । जसमध्ये प्रशासनिक भवनमा रु एक करोड ४० लाख, चारवटा वडा कार्यालय रु एक करोड २० लाख, ११ वटा विद्यालय भवनमा रु ७५ लाख, दुईवटा स्वास्थ्य संस्थामा रु ३० लाख, छ खानेपानी आयोजनामा रु ६० लाख खर्च भएको छ ।

जनप्रतिनिधि आएसँगै यी आयोजनामा जिससले बजेट पठाएको हो । गत वर्षको पुसयता काम भइरहेका आयोजनाको कूल बजेट आउन बाँकी रहेको डल्लाकोटीले बताए । कार्यालयमा वार्षिकरूपमा उठ्ने घरभाडा, पहिले–पहिले आउने मालपोतको राजस्व, नदीजन्य बोलपत्रका रकमलगायतका आन्तरिक आम्दानीबाट सङ्कलित मौज्दात रकम ती आयोजनामा खर्च गरिएको हो ।
 
डल्लाकोटीका अनुसार प्रदेश सरकारबाट प्राप्त रकम विभिन्न कार्यक्रममा खर्च गरिएको छ । यससँगै जिससले उपलब्ध गराएको जग्गामा अत्याधुनिक सिटीहल निर्माण भइरहेको छ । डल्लाकोटीले भने, “म आफू प्रमुख भएपछि जिसस परिसरमा सिटीहल बनाउने अवसर मिल्यो । यसलाई राम्रो अवसरका रूपमा हामीले लिएका छौँ ।” भरतपुर महानगरपालिकाले अन्यत्र जग्गा खोजी गर्दा पाउन कठिन भएपछि जिल्लाको गौरवको आयोजना हुने भएकाले जिससले सिटीहल निर्माणका लागि जग्गा दिएको उनको भनाइ छ । सो जग्गामा महानगरको स्वामित्वमा लगेर सिटीहल निर्माणको काम भइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies