तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ ।
संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो ।
“हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ”, उनले भने, “त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ ।”
संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुुङ्गा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताए । उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू–गर्भ विभाग काठमाडौँलाई पत्र पनि पठाएको छ । त्यस स्थानबाट चुनढुङ्गा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उनले बताए । “यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्”, उनले भने, “त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पुर्याउन सक्छौँ ।”
तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उनल बताए । विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन् । त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: