Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

चाडवाडको सुरक्षा : खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस्

खबरडबली संवाददाता

काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ ।

चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । 

सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् । उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

प्रहरीले रातको समयमा आफ्नो घर टोलमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्ने/खेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेको छ । लागूऔषध, नशालु पदार्थ सेवन, बेचविखन गर्ने कोही व्यक्ति भएमा सूचना दिन भनिएको छ ।

प्रहरीले मदिरा पिएर सवारी नचलाउन, छतमा चढेर यात्रा नगर्न, जथाभावी पार्किङ नगर्न पनि आग्रह गरेको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र कसैलाई पनि झट्ट विश्वास नगर्न पनि भनेको छ । रातको समयमा कसैले ढोका ढकढकाएमा पहिचान नभई नखोल्न, आफ्नो टोल छिमेकमा बत्तीको व्यवस्थापन गरी सम्भव भए आपतकालीन साइरन राख्न पनि सुझाव दिएको छ । 


बैँक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा सुरक्षित रुपमा विश्वासिलो व्यक्तिका साथ जान आग्रह गर्दै खतरा महसुस भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थानमा सुनका गरगहना लगाएर र धेरै पैसा बोकेर नहिड्न पनि अपिल गरेको छ । धम्कीपूर्ण फोन आएमा मिलेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीमा खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

परिसरले कालोबजारी, अवैध मदिरा बिक्री, चन्दा आतङ्क, अपहरण फिरौती, देहव्यापार गर्ने व्यक्ति टोल छिमेकमा भएमा प्रहरीमा खबर गर्न, रातको समयमा घरको झ्याल ढोका राम्ररी बन्द गर्न, घर बाहिर जाँदा विश्वासिलो मान्छे वा प्रहरीलाई जानकारी गराउन पनि उक्त अपिलमार्फत आग्रह गरेको छ । दिनको समयमा घर, डेरा खाली हुने अवस्था आएमा पनि प्रहरी युनिटलाई खबर गर्न अपिल गरेको छ । 

यस्ता गतिविधि भएमा प्रहरी कन्ट्रोलमा रहेको १००, ट्राफिक प्रहरीको १०३, महिला तथा बालबालिका खोजतलास केन्द्रको हटलाइन नम्बर १०४ तथा महानगरीय प्रहरी परिसर तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । 

चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधि बढ्ने हुँदा आपराधिक गिरोहले अवाञ्छित क्रियाकलाप गर्न सक्छन् । तीव्र गतिमा सवारी चलाउने, बढी यात्रु चढाउने, मदिरा पिएर शान्ति सुरक्षा खलल गर्ने, चोरी, अपहरण, कालोबजारी, चन्दाआतङ्क जस्ता आपराधिक क्रियाकलाप हुनसक्छ । त्यसैले सुरक्षा योजना लागू गरी उपत्यकामा प्रहरीले बढी भीडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक वित्तीय संस्था, यातायात क्षेत्रमा निगरानी बढाउन थालिसकेको छ ।

प्रहरीले ठाउँठाउँमा सुरक्षा जाँच बढाउने, सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको तथा तत्काल परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम’ पनि तयार पारेको जनाइएको छ । आकस्मिक जाँच तथा सार्वजनिक सवारी भित्रसमेत सादा पोशाकमा सुरक्षाकर्मीले निगरानी बढाएको तथा चाडवाडमा घर फर्कने यात्रुहरुको सहजताका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजिकरण गर्न थालिएको छ । महानगरीय ट्राफिक प्रहरीले समेत आवश्यक निगरानी बढाएको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending