मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
उनका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । सुरक्षा व्यवस्था पनि कडा गरी प्रवेश दिइने उनले भने । “कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, सङ्क्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ”, प्रजिअ लामिछानेले भने।
सङ्क्रमणका बाबजुद पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उनी बताउछन् । “मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौँ, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौँ”, उनले भने, “जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।”
पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतिजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ भेरियन्टसहितको कोभिडको सम्बन्धमा ट्राभल वा टे«किङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई यसबमोजिमको शर्तको पालना गर्ने/गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ ।
सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरिएको पाइएमा जिल्ला प्रवेश गर्न दिइनेछैन । सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटक आउने उपयुक्त समय हो । प्रशासनको स्वीकृति लिएर जिल्लामा पर्यटक प्रवेश गराउने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र जिल्लाका होटल तथा पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई जिल्लामा स्वागतसमेत गर्न थालिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: