Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अन्डरवल्र्ड डन दाउदको मुम्बई हमला लगत्तैको अन्तर्वार्ता

सन् १९९३ मा भारतको मुम्बईमा भएको बम हमलामा सम्लग्न भएको भन्दै याकूब मेमनलाई भारतीय सर्वोच्च अदालतले जुलाई ३० मा फाँसी दियो । फाँसीपछि अन्डरवल्र्ड डन दाउद ईब्राहिमले भारतीय सरकारसँग त्यसको बदला लिने बताएको समाचार भारतीय मिडियाहरुमा सार्वजनिक भएका छन् । भारतको आर्थिक राजधानी मुम्बईमा भएको श्रृङ्खलाबद्ध बम हमलाका मुख्य योजनाकार मानिने दाउदले सन् १९९४ मा याकूब समातिए पछि इन्डिया टुडेका लागि शिला भट्टलाई  टेलिफोन अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा उनले आफुले भारतीय कांग्रेसआई बाहेक सबै पार्टीलाई चन्दा स्वरुप पैसा दिने गरेको खुलासा गरे । मुम्बई बम हमलामा सम्लग्न भएको निष्कर्ष निकाल्दै भारतीय सर्वोच्च अदालतले याकूब मेमनलाई फाँसी दिएको सन्दर्भ पारी उक्त अन्तर्वार्ता हामीले प्रकाशित गरेका छौं । इन्डिया टुडेको उक्त अन्तरवार्ता खबरडबलीका लागि सहकर्मी सरिता कार्कीले गरेको अनुवादको सम्पादित अंश –सम्पादक \"dawood\" ० याकूब मेमन समातिए नि, यसले तपाईंलाई केही फरक पारेको छ ? उनी समातिएकोमा म धेरै खुसी छु । कम्तीमा अनुसन्धान ठिक ढंगले भइरहेको छ भन्ने बुझियो । ० तपाईंले नै उनलाई भारत पठाएको होइन ? मैले किन पठाउने ? मेरो उनीसँग कुनै सम्बन्ध नै छैन । मैले अहिलेसम्म उनको अनुहार पनि देखेको छैन । ० मुम्बई हमलामा आफ्नो संलग्नता छैन भनेर देखाउनका लागि तपाईंले याकूबलाई आत्मसमर्पण गर्न भन्नुभएको होइन ? याकूब तपाईंसँगै छन् । उनलाई नै किन सोध्नुहुन्न ? समाचार थाहा पाएपछि नै मैले यसमा मेरो संलग्नता छैन भन्ने कुरा भन्न चाहेको थिएँ । सम्झिनुस त, याकूब आफैंले टेलिभिजनमा सम्पूर्ण देशवासीका सामु मसँग नभेटेको स्पष्टिकरण दिएका थिए । ० तर तपाईंको नाम केही नभइकन त्यत्तिकै पनि त आएको छैन ? यो राजनीतिक कारणले हो । उनीहरुलाई सोध, मेरा विरुद्ध के प्रमाण छ । मलाई लाग्छ म शरद पावर र एस.बी चभानको राजनीतिको शिकार हुँ । ० तर तपाईंलाई पवारको साथी पनि त भनिन्छ नि ? हामी न त साथी हौं न दुश्मन नै । जहिले मिडियाले पावरको सम्बन्ध दाउदसँग छ भन्न थाले त्यसपछि मुख्यमन्त्रीले मलाई उक्त घटनामा सम्लग्न गराउन पुलिसलाई निर्देशन दिए । तर चभानले उक्त घटनामा मेरो संलग्नता भएको देखाउँदै पावरसँग मेरो सम्बन्ध भएको देखाउन खोजे । यसमा उनको आफ्नै स्वार्थ छ । पवारलाई मसँग सम्बन्ध भएको देखाएमा उनले तत्काल पदबाट हटाउन उनलाई सजिलो थियो । त्यसैले ती दुबैले मलाई आफ्ना आफ्नै स्वार्थका लागि प्रयोग गर्न खोजे । ० तपाईं सन् १९९३ मार्च १२ मा मुम्बईमा श्रृङ्खलाबद्ध बिस्फोट हुँदा कहाँ हुनुहुन्थ्यो ? म त्यतिबेला घरमा नै थिएँ । सिन्धिया, मुस्लिम, गुजरातीबाट फोनको बाढी आइरहेको थियो । म निकै अचम्मित थिएँ, त्यस विषयमा केही भन्न सकिरहेको थिइनँ । तर जब एउटा कार भेटियो तब केही प्रमाण भेटिएकोमा मलाई थोरै भएपनि हल्का महसुस भयो र अब डराउनुपर्ने केही कुरा छैन जस्तो लाग्यो । त्यसबेला अब चाँडै नै वास्तविकता प्रष्ट हुन्छ होला भन्ने लागेको थियो । तर एकजना दाउद तक्लुनामका व्यक्तिले सोधपुछको क्रममा मेरो नाम लिएको थाहा पाएँ । त्यतिबेलासम्म पत्रपत्रिकाले बम्बे पुलिसका प्रमुख सम्रालाई घटनामा मेरो संलग्नताको बारेमा प्रश्न सोध्न सुरु गरिसकेका थिए । उनले यसबारे केही भन्न सकिरहेका थिएनन् । एकजना मानिसले मेरो नाम लिएको आधारमा नै मेरो छवि बिग्रिएको थियो । ० तपाईंले टाइगर मेमनलाई चिन्नुहुन्छ ? उनीसँग मेरो व्यक्तिगत र व्यवसायिक कुनै पनि सम्बन्ध छैन । उनलाई मैले सबैले चिनेजसरी चिन्छु । उनलाई मैले धेरैपटक देखेको पनि छु । \"dawood-ibrahim-1_111512090310\"० तर टाइगर र तपाईंको त एउटै प्रकारको व्यवसाय छ नि ? पुलिसलाई टाइगर मेमनको रेकर्ड निकाल्न लगाएर उनको मसँगको सम्बन्धबारे निष्कर्ष निकाल्न भन्नुहोस् । यदि उक्त रेकर्डले उनको र मेरो सम्बन्ध भएको देखाउँछ भने तपाईंलाई म बिरुद्ध जे गर्न पनि छुट दिनेछु । ० के तपाईंले मुम्बई ब्लास्टमा आफ्नो केही संलग्नता छैन भनेर पुष्टि गर्न खोज्नुभएको हो ? हो, मलाई विश्वास गर्नुहोस् । म मेरो छाती चिरेर त देखाउन सक्दिनँ तर मुम्बई ब्लास्टमा मेरो केही संलग्नता छैन । ० याकूब मेमनले ब्लास्टको योजना आइएसआइको भएको बताएका छन् । तपाईंको आइएसआइ र टफिक जालियावालासँगको सम्बन्ध के हो ? मलाई आइएसआइ बारे केही पनि थाहा छैन । जहाँसम्म जालियावालाको कुरा छ, मैले उनलाई विगत १० वर्षदेखि दुबईमा बिजनेस गरिरहेका बिजनेसम्यानको रुपमा चिनेको छु । ० हामीलाई अहिले थाहा भयो जालियावाला आइएसआइमा संलग्न छन् । के तपाईंलाई यो बारे केही थाहा थियो ? यदि मलाई उनी आइएसआइका सदस्य हुन् भन्ने थाहा भएको भए म उनको विवाह समारोहमा किन जान्थें होला, जब कि मेरो नाम मुम्बई हमलाको मुख्य योजनाकारको रुपमा फैलाइएको थियो । अथवा मैले आफैंले आफैंलाई उनको विवाहको भिडियो रेकर्डिङमा किन कैद गर्न दिन्थें होला ? ० तपाईंलाई टाइगर मेमन, जालियावाला र बम्बे अन्डरवल्र्ड बारे थाहा छ । तपाईंलाई लाग्छ कि मुम्बई ब्लास्ट पाकिस्तान र मेमनको राणनीतिमा भएको हो ? मलाई लाग्छ यो घटनामा टाइगर मेमन संलग्न छन् किनभने उनको आफ्नै भाइले सो कुरा बताइरहेका छन् । ० तर टाइगर एक्लैले यस्तो ठूलो घटना घटित गराउन सकेनन् होला । तपाईंले आफू निर्दोष छु भनेर कसरी पुष्टि गर्नुहुन्छ ? टाइगर र उनको भाइ जो मुम्बई ब्लास्टका मुख्य योजनाकार हुन्, उनीहरु नै घटनामा के भएको थियो भन्ने बारे बताउने सबैभन्दा राम्रा व्यक्ति हुन् । ० तपाईंलाई ३ सयभन्दा बढि मानिस मारेको आरोप लागेको छ । अनुसन्धानकर्ताले तपाईंमाथि नै औंला ठड्याएका छन । यसबारे के भन्नुहुन्छ ? आफू निर्दोष छु भनेर देखाउनको लागि म जे गर्न पनि तयार छु । तर मलाई जसको बारे केही थाहा छैन त्यस बारे बोल्न लगाइनु हुँदैन । ० पश्चिमी भारतमा तपाईंको बलियो सञ्जाल थियो जतिबेला ब्लास्ट भएको थियो । त्यसोभए मुम्बई ब्लास्टमा मेरा कति मानिसहरु सहभागी भए त ? ० पुलिसले जे भन्छ हामीले त्यो नै विश्वास गर्ने हो । यदि तपाईं आफू निर्दोष छु भनेर प्रमाणित गर्न चाहनुहुन्छ भने यसमा कसको संलग्ना थियो भनेर तपाईंले भन्नै पर्छ । यो घटनामा टाइगर मेमन संलग्न छन् भने अरु कुरा मैले के भनूँ । ० टाइगर पछाडि को छन् ? यस विषयमा तपाईं किन उसको भाइलाई सोध्नुहुन्न ? ० तपाईं निर्दोष हुनुहुन्छ भने किन आत्मसमर्पण गर्नुहुन्न त ? मलाई आत्महत्या गर्न त्यति मनपर्दैन । अनुसन्धान सुरु गर्नुभन्दा पहिले नै पुलिसले मलाई दोषी बताएको थियो र पछि म विरुद्ध प्रमाण जम्मा गर्न सुरु गर्यो । म मेरो जीवनमा यस्तो कायर काम कहिले पनि गर्न सक्दिनँ । यदि मैले गर्नु नै थियो भने म यो तरिका अपनाउँदैनथें । हिंसा र हत्या भड्काउने विरुद्ध म लाग्थें होला सर्वसाधारण विरुद्ध होइन । ० तपाईं घटनामा संलग्न हुनुहुन्न होला तर के तपाईंले यो घटनामा लगानी गर्नुभएको थियो ? मैले एक पैसा पनि दिएको छैन । हेर्नुहोस्, म ग्याङ्ग वार र स्मगलिङको मान्छे हुँ, मलाई यस्तो योजनाको बारेमा कसरी थाहा हुन्छ ? ० तर उनीहरुले स्मग्लिङ नेटवर्कको सहायता लिएका छन्, यस्ता क्रियाकलाप बारे ज्ञान हुने व्यक्तिलाई नै उनीहरुले प्रयोग गरेको देखिन्छ । तपाईं के भन्दै हुनुहुन्छ ? मसँग पुलिसले जस्तो तर्क नगर्नुहोस् । म निकै हतास मनस्थितिमा छु । उनीहरुले मलाई मुसाजस्तो दुर्बल बनाइदिएका छन् । म जालमा फसेको छु, खुल्ला रुपमा हिँड्न सकेको छैन । \"dawood-ibrahim-2_111512090310\"० याकूबले पनि तपाईं जालियावालासँग सम्बन्धित हुनुहुन्छ भनेका छन् । ती जालियावाला व्यापारी र स्मग्लर हुन् । म दुबईमा भएका सबैसँग मित्रवत् सम्बन्ध राख्छु । म मुस्लिम भएका कारण मैले के पाकिस्तानीसँग बोल्नुहुँदैन भन्ने छ ? ० ब्लास्टको पछाडि जालियावाला संलग्न छन् जस्तो लाग्छ ? मैले उनको संलग्नताको बारेमा कहिले पनि सुनिनँ । वास्तवमा म यसको बारेमा थाहा पाउँदा निकै अचम्मित भएँ । ०के तपाईं दुबईमा पनि अनुसन्धानभित्रै हुनुहुन्छ ? दुबईका मानिसहरुले मलाई समर्थन गर्छन् । तर भारतबाट भने मलाई दबाब छ । ममाथिको दोषले मानिहरुलाई भ्रममा पारेको छ । भारतीय मिडियाले मलाई दोषी बनाइदिसकेका छन् । र सरकारले जे भन्छ, उनीहरुले त्यहि लेख्छन् । ० मुम्बईमा तपाईंको केही सम्पत्ति छ ? छन् । मेरा अभिभावकको र दाइभाइको छ । ० बेनामी सम्पत्ति बारे के भन्नुहुन्छ ? किन, मुम्बईभन्दा अरु कुनै ठाउँ छैन र बेनामी सम्पत्ति राख्न ? जब मैले वैधानिक रुपमा सम्पत्ति आर्जन गर्नसक्छु भने बेनामी सम्पत्तितिर  किन लाग्ने ? मैले करोडौं मूल्य पर्ने सम्पत्ति अरुको नाममा किन राखौं ? ० मानिसहरु भन्छन् तपाईं पवारको मान्छे हो । होइन । म पवारको मान्छे होइन । न त चभान (चौहान)सँग मेरो कुनै सम्बन्ध छ । यदि तपाईंलाई पवार मेरो सम्पत्तिको रखवाला हुन् भन्ने लाग्छ भने तपाईंहरु नै राख्नुहोस् । म तपाईंलाई लेखेरै दिन तयार छु । ० आफ्ना बारे केही भनिदिनुस् न ? मैले उर्दूमा एसएससी गरेको छु । म विगत ९ वर्षदेखि विवाहित छु । मेरो एउटा छोरा र तीनजना छोरीहरु छन् । ० तपाईंको वर्तमान आर्थिक स्रोत के हो ? मसँग विगतको पैसा नै धेरै छ । तपाईंलाई डोनेसन चाहिएको हो ? ० राजनीतिक दललाई पैसा दिने गर्नुभएको छ ? कंग्रेसआइ बाहेक म सबैलाई पैसा दिन्छु । ० तपाईं पाकिस्तानमा बस्नुहुन्छ ? तपाईं किन मेरो पछि लाग्नुभएको छ ? मलाई शान्तसँग बस्न दिनुहोस् । ममाथि छानो अडिन दिनुहोस् । म पाकिस्तान गइरहन्छु । ० तर कसरी ? तपाईं साधारण मानिसजस्तो घुम्न सक्नुहुन्न । बाजी लगाउनुहुन्छ ? तपाईं संसारको कुनै पनि ठाउँ रोज्नुहोस् । मलाई त्यहाँ भेट्नुहुन्छ । ० तपाईं लण्डन र जेनेभा त जानसक्नुहुन्न किनभने भारतले प्रत्र्यपण सन्धीमा हस्ताक्षर गरेको छ । म औपचारिक रुपमा कतै पनि जाँदिन । यदि म कुनै ठाउँमा गएँ भने तपाईंलाई के को टाउको दुखाई ? म सधैं प्रत्र्यपण सन्धी नगरेको ठाउँमा जान्छु । ०. तपाईंको भर्खरको फोटोहरु हेर्दा तपाईंले आफ्नो स्वरुपमा निकै परिवर्तन गर्नुभएको देखिन्छ । किन होला ? केही पनि परिवर्तन गरिएको छैन । मात्र मैले जुंगा काटेको छु । ० हमलाको दोषी बताएसँगै तपाईंको जीवनमा केही परिवर्तनहरु आए ? केही पनि छैन । मलाई एउटै कुरा मात्र खट्किएको छ कि यस्तो अन्याय मलाई किन गरियो ? म साधारण रुपमै भ्रमण गर्छु । तपाईंले मेरा थुप्रै तस्बिरहरु देख्नुहुन्छ जसमा म स्मार्ट देखिन्छु । ० अब तपाईं के चाहनुहुन्छ ? न्याय । म भारतीय जनताको अघि न्याय चाहन्छु । भारतीय पुलिस जुन तरिकाले अघि बढिरहेको छ, मलाई लाग्दैन मैले केही न्याय पाउँछु । म एक तटस्थ देशमा प्रसाय गर्न रुचाउँछु । मृत्यु निश्चित छ र यो एकपटक मात्रै आउँछ । मलाई यसमा केही डर छैन । तर मलाई गलत प्रमाणहरुसँग डर लाग्छ । म फेरी एकपटक भन्छु कि भारतीय पुलिसको अनुसन्धान गलत छ । मैले धेरै लामो चार्जशिट पढेको छु जसमा मानिसहरुले दुबईमा आएर मलाई भेटेको बताएका छन् । भारतमा मेरा २ हजार मानिस छन् । के मैले आफ्ना मान्छेहरु ती मानिसकोमा पठाउन सक्दैनथें होला अथवा के मैले तीमध्ये कुनै एक मानिससँग फोनमा कुरा गर्न सक्दैनथें होला ? ० के तपाईंले आफू स्वच्छ मानिस भएको दाबी गर्नुहुन्छ ? होइन । मैले म कुनै मन्दिरको पण्डित हुँ भनेको छैन । म खराब छु तर भारतीय सरकारले सोचेजति पनि होइन । म कुनै परी होइन न त कुनै अभतार । तर पनि म भन्छु, मुम्बई ब्लास्टमा मेरो कुनै संलग्नता छैन । मलाई लाग्छ मुम्बई ब्लास्टको मुद्दा समाधान गरिसकिएको छ । सिबिआइलाई यसबारे सबै थाहा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies