चितवन । उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो ।
चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । बालबालिका उद्धारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्धार गरी चितवन मेडिकल कलेजमा नि:शुल्क उपचार गर्न थालियो । उपचारपछि कहाँ राख्ने भन्ने समस्या आएपछि आश्रम स्थापना गरिएको न्यौपानेले बताए ।
उनले भने, “बच्चालाई बाल आश्रममा राखियो, उपचारपछि अन्यलाई राख्न यो आश्रम खोलेका हौँ, उपचार चितवन मेडिकल कलेजमा नि:शुल्क रुपमा गरिँदै आएको छ, औषधि पनि त्यही फार्मेसी सञ्चालन गर्ने सरोज ज्ञवालीले नि:शुल्क रुपमा उपलब्ध गराउँदै आउनुभएको छ ।”
सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् । कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् । आश्रमका अध्यक्षसमेत रहेका न्यौपानेले भने, “एउटै बिरामीलाई तीन महिनासम्म आइसियु र सात महिनासम्म अस्पतालमा राखेर बचाएका छौँ ।”
भरतपुर महानगरपालिका–९ सङ्गम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । विसं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्धार गरिसकिएको छ । न्यौपानेका अनुसार ८७ जनाको पुन:स्थापना गरिएको छ । आश्रममा रहँदै गर्दा ३३ जनाको मृत्यु भएको छ ।
आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् । आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उनले बताए । उनका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ ।
आश्रम सञ्चालनका लागि मासिक रु दुई लाख ५० हजार हाराहारी खर्च हुने गरेको संस्थाका उपाध्यक्ष विनोद ढकालले बताए । उनका अनुसार आश्रममा चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, नुवाकोट, बागलुङ, पाल्पा, काठमाडौँलगायत जिल्लासम्म पुगेर सहयोगापेक्षीको उद्धार गरी ल्याइएको छ । उनले भने, “नितान्त सडकमै बसेका, घर समाज नभएका, मानसिक सन्तुलन गुमाएका र मागेरसमेत खान नसक्ने अवस्थामा पुगेकालाई हामीले उद्धार गरी ल्याएका छौँ ।”
आश्रम सञ्चालनका लागि समितिका सदस्यले नियमित सहयोग जुटाउँदै आएका छन् । समितिमै रहेकाहरुले मासिक रु ५०० देखि पाँच हजार सङ्कलन गर्दै आएका छन् । जन्मदिन, विवाहउत्सव, पुण्य तिथिसँगै, लायन्स, लियो, रोटरी, टोल सुधार संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने गरेका छन् । उनले भने, “दाताहरुकै भरमा आश्रम सञ्चालन गरिरहेका छौँ ।”
संस्थाका कोषाध्यक्ष सरोज ज्ञवालीका अनुसार दिगो सञ्चालनका लागि अक्षयकोष अभियान सञ्चालन गरिएको छ । हालसम्म रु ८० लाख हाराहारी रकम अक्षयकोषमा जम्मा भएको उनले जानकारी दिए । उनले भने, “सबैको साथ र सहयोग रह्यो भने मानवीय पुण्य कार्य सफल हुँदो रहेछ भन्ने देखिएको छ ।”
भविष्यमा अक्षयकोषको ब्याज रकमबाट नियमित सञ्चालन हुनसक्ने बनाउनका लागि आफूहरु लागिपरेको ज्ञवालीले बताए । स्थापनाको छ महिना महानगरपालिकाले घर भाडा दिएपछि निजी क्षेत्रबाट मात्रै सहयोग जुट्दै आएको छ । आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: