Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पहिराको कारण मेची राजमार्ग अन्तर्गत इलाम धोबिधारा सडक–खण्ड अवरुद्ध

रासस

मङ्गलबारे । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै  सडक भत्किएपछि यातायात  अवरुद्ध भएको छ । इलाम बजार नजिकै  पहिरो गएर सडक  अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ  ।

शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो । भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ ।

भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने भएको छ । त्यस्तै धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाउने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए । उनका अनुसार  धोवीधारातर्फबाट इलामबजार ट्याक्सीस्टेण्ड आउने साना भ्यानलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी डाँफे गेस्टहाउस, ग्रिनभ्यू गेस्टहाउस नवीनचोक हुँदै ट्याक्सीस्टेण्डमा पठाइने नगरपालिकाले जनाएको छ ।

यस्तै हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुन्जेलसम्म उल्लेखित बाटोमा परिचालन गर्न रोक्ने र अन्य हेभी सवारीलाई सम्भव भएसम्म रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत फिक्कल, बिर्तामोड, फिदिम ताप्लेजुङसम्मका हेभी सवारी चालकलाई अनुरोध गरिने छ ।पहिराले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies