Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आधुनिक बसपार्क सञ्चालनमा ढिलाइ

रासस

गलकोट । आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयवासीले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा नि:शुल्करूपमा बसपार्क निर्माण गर्न दिन तयार भए । फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा त भयो ।  आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । यसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने सङ्केत देखिएको छ । सो बसपार्क सुविधासम्पन्न र नमूना डिजाइनमा तयार पारिएको छ ।

सो स्थानमा पुग्ने सडक तथा जग्गादाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाइ देखाएको छ । यसलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हँुदा र सम्झौताअनुसारको घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालमा ढिलाइ भइरहेको छ । मध्यपहाडी लोकमार्ग र बेनी–बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बीचमा साँघुरो सडक हुँदै जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाइ हुँदा वैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।

बसपार्क निर्माणका लागि बागलुङ बजारवासीले उपल्लाचौरका दाबगरामा व्यक्तिगत जग्गा  नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाइ भएको जनाइएको छ ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमनसँगै विसं २०७५ मा नगरपालिकाको पहलमा गति लिएको थियो । गत असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयवासीमा छ । स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गरेर स्थानीयवासीलाई फिर्ता गर्नुपर्ने छ ।

नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक–पटक बजेट विनियोजन गर्दै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने नगरप्रमुख जनकराज पौडेलले बताए । उनले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताए । “ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौँ, स्थानीयवासीले दिएको जग्गामा सम्झौताबमोजिम बसपार्क बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ”, उनले भने, “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हालसम्म रु एक करोड ३५ लाख बजेट विनियोजन गरिसकेको छ, बसपार्क चलाउँदै घडेरी बनाउँदै लैजाने योजना छ ।” उनका अनुसार सुरुमा घडेरी निर्माण गर्न रु ४० लाख, पर्खाल लगाउन रु २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु ७५ लाख बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उनको भनाइ छ ।

बसपार्क रु आठ करोड ७० लाखमा निर्माण गरिएको हो । बसपार्कबाहेकको जग्गा हस्तान्तरणमा केही ढिलाइ भए पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम भने गरिरहेको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिए । “ढिलो भएको हो, तर काम नभएको भन्ने होइन, बसपार्क बनाइसकेकाले सञ्चालनमा ल्याउनु पर्दछ, घडेरी बनाउँदै लैजानु पर्दछ”, उनले भने, “होटल रेड एप्पल आसपासको बाटो र कटहरको बोटको बाटोलाई एकतर्फी बनाएर बसपार्क सञ्चालनमा ल्याउन आवश्य छ ।”

लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा जग्गादाता निराश भए पनि अहिले बसपार्क बनेकामा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताए । अब छिट्टै बाँकी रहेको जग्गा जग्गाधनीको नाममा आउनुपर्नेमा उनको जोड छ । व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुइँतलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy