काठमाडौं । इण्डोनेसियामा एक व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए । तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन । उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो । त्यो डिभोर्सले उनको चर्चा थप चुलिएको छ ।
इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस कुकरसँग बिहे गर्दाका तस्वीर सोसल मिडियामा खुबै भाइरल भए । तस्वीरमा एक व्यक्ति बिहेको सेतो पोषाक लगाएका देखिन्छन् र उनको बेहुलीको रुपमा रहेको कुकरलाई पनि सेतो घुम्टो ओढाइएको छ ।
त्यस्तै बिहेपछि बेहुला बेहुलीले खिचेको तस्वीर, कानूनी रुपमा बिहे गरेको कागजातमा हस्ताक्ष्र गर्दै गरेको तस्वीर र आफ्नो बेहुली कुकरलाई चुम्बन गर्दै गरेको तस्वीर पनि सार्वजनिक भए । आफ्नो बिहेका तस्वीर फेसबुकमा शेयर गर्दै उनले लेखेका छन् स् सेतो, शान्त, खाना पकाउनमा असल, निकै स्वप्नील ।
उनको फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रियाहरु दिएका छन् । कतिपयले आफूले पनि फ्रायरसँग बिहे गर्ने सोच बनाएको बताएका छन् भने कतिपयले ती व्यक्ति जिनियस रहेको टिप्पणी गरेका छन् ।
राइस कुकरसँग कहरोल अनमको बिहेको चर्चा सेलाउन नपाउँदै उनीहरुको दाम्पत्य जीवनमा खटपट आएछ । बिहेको चार दिनमै कहरोल आफ्नो पत्नी राइस कुकरसँग डिभोर्स गर्ने निर्णयमा पुगे ।
डिभोर्सको कारणबारे पनि उनले फेसबुकमा जानकारी गराएका छन् । राइस कुकर केवल भात पकाउनका लागि मात्र राम्रो रहेको तर अन्य कुनै पनि खानेकुरा बनाउने नजान्ने भएको हुनाले आफूले डिभोर्स गरेको उनको जिकिर छ ।
एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...




प्रतिकृया लेख्नुहोस्: