विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको रक्षा नै देशको रक्षा हो भने । शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राखे । उनले अपराध अनुसन्धानदेखि नै प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भन्नुुभयो । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।”
प्रदेशका आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्वभ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भने । उनले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि सङ्घीय प्रहरी ऐन नआएकाले समस्या भइरहेको चर्चा गरे । प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रहरीलाई भौतिक, नैतिक र कानूनी सहयोग गर्ने धारणा राखे ।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना कालदेखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताए । उनले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्च मनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भने ।
अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका सङ्खुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगरका नायब प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु ६० हजारको प्राडा विक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार सो अवसरमा प्रदान गरियो । यस वर्षका एसइई परीक्षामा सर्वोत्कृष्ट प्रहरी कर्मचारीका ३६ छात्रछात्रालाई जनही रु.१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जग्गादातालाई सम्मान र प्रदेशभरिमा शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानलाई पनि सो अवसरमा पुरस्कृत गरियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: