गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले गत चुनावमा कम्युनिष्टले दुईतिहाइ ल्याएपछि कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेको र उनीहरुबीचकै कलहले संवैधानिक सङ्कट निम्तिएपछि कांग्ेसले अघि सर्नुपरेको बताए ।
उनले कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गरे । विसं २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसक्दा कांग्रेसले नै अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले विगतका घटनाले आफूहरूलाई पाठ सिकाएको र विकास तथा समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने गरेको बताए ।
कांग्रेस १४औँ महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेकाले उनले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहजरूपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे ।
नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गर्नुभएको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताए । कांग्रेस कास्कीको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १५:१७
भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्...
जेष्ठ ३ गते, २०७९ - १४:५९
सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २...
जेष्ठ ३ गते, २०७९ - १४:४४
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएक...
जेष्ठ ३ गते, २०७९ - १४:२४
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ...
जेष्ठ ३ गते, २०७९ - १४:०४
काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...
जेष्ठ ३ गते, २०७९ - १३:४७
रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...
जेष्ठ ३ गते, २०७९ - १३:३०
भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...
जेष्ठ ३ गते, २०७९ - १३:१०
रुपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...
जेष्ठ ३ गते, २०७९ - ११:१०
लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...
जेष्ठ ३ गते, २०७९ - १०:५०
भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी
प्रतिकृया लेख्नुहोस्: