Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

सांकेतिक तस्बिर
खबरडबली संवाददाता

कास्की । घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा काठमाडौंको शङ्खमुल फुुटसल क्लबमाथि ४–२ अन्तरको जीत निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।

उपाधि विजेता क्यासलले रु १० लाख पुरस्कारसहित ट्रफी प्राप्त ग¥र्यो भने उपविजेता बनेको शङ्खमुलले रु पाँच लाखमा चित्त बुझाउन बुझायो । पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गर्नुभयो । शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले समान/एक गोल गरे ।

लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल धरान–५ का विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित भए । उनीहरू सबैले जनही रु २५ हजार पुरस्कार पाए ।

लिगको विजेता तथा उपविजेतासहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे), अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदखी सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ जारी

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक...

पर्वतमा एक हजार चार सय हेक्टर जंगलमा डढेलो

पर्वत। यहाँका विभिन्न वन–जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ। डि...

विहिबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

काठमाडौं ।  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहा...

धनुषामा प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनाै सेल अश्रुग्याँस प्रहार

धनुषा। युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद...

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन  हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन ...

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । ...

हिमाल उक्लिदै औलो, कर्णालीका हिमाली जिल्लामा बढ्दै औलोका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्...

प्रहरीले यातना दिएको दाबी गर्ने सिंहको भिडिओ फेक भएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइ...

उपनिर्वाचन उम्मेदवारका साझा एजेण्डामा बझाङको ताक्लाकोट सडक

बझाङ  । शनिबार हुने प्रदेशसभा १९१० को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।  साढे त...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies