कास्की । घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा काठमाडौंको शङ्खमुल फुुटसल क्लबमाथि ४–२ अन्तरको जीत निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।
उपाधि विजेता क्यासलले रु १० लाख पुरस्कारसहित ट्रफी प्राप्त ग¥र्यो भने उपविजेता बनेको शङ्खमुलले रु पाँच लाखमा चित्त बुझाउन बुझायो । पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गर्नुभयो । शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले समान/एक गोल गरे ।
लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल धरान–५ का विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित भए । उनीहरू सबैले जनही रु २५ हजार पुरस्कार पाए ।
लिगको विजेता तथा उपविजेतासहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे), अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदखी सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - २२:४६
सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...
फाल्गुन ११ गते, २०८२ - २२:३०
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...
फाल्गुन ११ गते, २०८२ - १९:४१
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...
फाल्गुन ११ गते, २०८२ - १९:२१
"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”
फाल्गुन ११ गते, २०८२ - १९:१९
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...
फाल्गुन ११ गते, २०८२ - १८:४८
काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...
फाल्गुन ११ गते, २०८२ - १८:३०
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...
फाल्गुन ११ गते, २०८२ - १८:२५
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...



प्रतिकृया लेख्नुहोस्: