काठमाडौँ । नागरिकता प्रमाणपत्रमा थर ज्ञान कुमारी बिक बाध्यताले समाजमा ‘दलित’ भनेर अवहेलना र जातीय विभेद गरिने भएकाले नाम र थर परिवर्तन गर्न परेको हो । २०७२ सालको कुरा हो यो । त्यो बेला बसाई सरेका हुँदा केही समय रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका स्थित एक ब्राह्मण परिवारको घरमा भाडामा जात फेरेर बस्नु पर्ने वाध्यता भयो । मणिग्राम विकसित शहर हो जहाँ शिक्षित समुदायको बाहुल्यता रहेको छ । मेरो मम्मी हेर्दा मगर, गुरुङ जस्तै देखिने हुँदा घरबेटीले मगर हो भने पछि हो भन्नु भयो, झुठो बोल्न मन थिएन तर साचो बोल्ने हो धेरै ठाउँमा कोठा खोज्दा कोठा हुँदा हुँदै पनि हुन्छ भनिसके पनि जात बताए पछि विभिन्न कारण देखाउँदै कोठा नपाउँदा को पीडा ताजै थियो त्यसैले जात फेर्ने निर्णय भयो ।
भन्न त भनौला तर मेरो डकुमेन्ट देखें समस्या हुन्छ भनेर मम्मी आतिनु भयो मेरो बोलाउने नाम सन्जना भय पनि डकुमेन्टमा चाहिं ज्ञान कुमारी बिक थियो, त्यसैले नाम संझना नैं राखे तर कसैलाई थाहा नहोस भनेर थर घताने राखे जुन गोत्र हो यो थर दलित भित्र पर्छ भन्ने बिश्वकर्मा परिवारहरुलाई मात्र थाहा थियो। त्यसैले मैले नाम सन्जना घताने राखे मणिग्राम वरिपरिकोले कुन थरमा पर्छ भन्दा मगर भन्थे अरु ठाउँको ले सोधे बिक हो भन्थे मेरो फेसबुक अकाउन्टमा सन्जना सुनार थियो त्यो नी फेरेर घताने बनाए ।
त्यो बेला म रेडियो नमस्ते मा कार्यरत थिए। हामी जुन घरमा दिनहुँ जसो घर बेटीले दलितलाई हेपेको भाडामा राख्नु हुन्न छोएको खानु हुँदैन भन्ने कुरा सुनिन थाल्यो, हामी तल्लो तल्लामा बस्थ्यौ,घरबेटी दोस्रो तलामा बस्थे । दलित प्रतिको हेर्ने दृष्टकोण र हेपाहा प्रवृति थाहा पाए पछि मेरो मम्मी डर र त्रासमा बस्न थाल्नु भयो। सम्झाउँदा पनि जातको बारे झुट बोलेको थाहा पाए बेइजत गराउछन, घरबाट निकाल्छन भन्ने किसिमको मानसिक तनाव सुरु भयो । जुन हुनु पनि स्वभाविक नै हो । हरेक दिन कामी दमाई यस्तो हुन्छ उस्तो हो भन्ने भनाई मम्मीले सुन्नु परेको थियो ।
कोही कथित दलित कोठा माग्न आउँदा पनि जात थाहा पाए पछि दिन्न भनेको र गए पछि झुठो बोलेर बसे बेइजेत गरेर निकालिदिन्छु । नत्र कुल रिसाउँछन यी कुराहरू दिनहुँ घरबेटी र सोही घर भाडामा बस्ने ब्राहमण, ठकुरीको भनाई सुन्नु परेको थियो। तिनीहरूलाई हामी कुन जात भन्ने थाहा थिएन, तर हामीलाई त थाहा थियो आफू कुन समुदायको यो बिचमा कोठा सर्न कोठा नखोजेको पनी होइन तर जात बताए पछि कोठा पाउनै मुश्किल झुठ बोलेर बस्दा यस्तै हालत त हो भन्ने सोचेर घर नबन्दा सम्म त्यही बस्ने निर्णय भयो। त्यहाँ यति सम्म मानसिक तनाव भयो । दिनभर मम्मी घर बस्ने हुँदा सुन्नु पर्ने सबै कुरा त्यसैले मम्मी घर छोडेर धेरैजसो आफन्तको घरमा जान लाग्नु भयो तर पनि घरबेटी, सोही घर भाडामा बस्ने अरूले फोन गर्दा मम्मी फोन उठाउन डराउनु हुन्थ्यो ।
अब जात थाहा पाए कि अब मेरो सामान फालेकी मलाई निकाल्छन कि, त्यो भन्दा पहिले एक जना झुठ बोलेर बस्दा बेइजत गरेर निकालेको कुरा मम्मी लाई थाहा थियो, अर्को तिर झुठ बोलेको हुँदा गलत गरेको छु भन्ने आत्मग्लानी त थियो नै, तर बाध्यता पनि बलियो थियो । दोकान जाँदा, बजार जाँदा आफनो जात बिक हो भन्ने थाहा भएको मान्छे भेटिए घरबेटीलाई बताइदिए भने सोँचेर पछ्यौरीले मुख छोपी नदेखे झै गरेर तर्किनु हुन्थ्यो ।यो सब देखेर पनि केही गर्न नसक्ने बाध्यात्मक परिस्थितिमा थिए म। चोरी गरेझै, हत्यारा झै, फरार अपराधी झै भाग्नु पर्ने बनाउने कथित ठुलो जातिको दमन कहिले सम्म सहनु तर चुपचाप बस्नु पर्ने अवस्था थियो । तर यस्को विरुद्ध एकदिन म आवाज उठाउने छु भन्ने साहस चाहिँ थियो ।
आफन्तले कहाँ बस्नुहुन्छ आउँछौ भेट्न भन्दा म घर छैन भन्नु हुन्थ्यो पाहुनालाई झुठ कसरी बोल्न लगाउनु रुकतै बाट थाहा हुन्छ भनेर मणिग्राममा कोही चिने जानेको भेटिँदा बस्ने कहाँ हो भन्दा घर लान पर्छ भनेर टाढाको लोकेशन बताउनु हुन्थ्यो। केही बहाना गराउनु हुन्थ्यो। तर स्वभावैले झुठ बोल्ने नभयको कारणले एकदमै आत्मग्लानि हुन्थ्यो ।
अझै अर्को समस्या मेरो मम्मी मीठो खानाको परिकार बनाउने मान्छे र मिलनसार पनि घरबेटीले सोही घरमा भाडा मा बस्नेहरूले खानी कुरा आदान प्रदान गर्थे तर मम्मी दिन डराउनु हुन्थ्यो उनीहरूले नी दिन्थे ,खानेकुरा नदिन दिएन भन्ने हुने दिए दिँदा भोलि जात थाहा भए के भन्लान म मम्मी लाई केहि हुन्न कुलले सहन्नन भन्ने कुरा सत्य कुरा थाहा हुन्छ भन्थे, तर त्यो त जात थाहा पाए मात्र हो जात थाहा नपाए त केही नहुने रहेछ। यसै मेरो मम्मी प्रेसर को बिरामी झन यो प्रेसरले झनै बढी बिरामी हुन लाग्नु भयो त्यो घर बाट बाहिर जाँदा ठीक हुन्थियो यहाँ बस्न गार्हो भो भन्नुहुन्थ्यो ।
बाहिर कोही बोलेनी मेरो बारेमा थाहा पाए कि चिच्याए नी मलाइ हो कि आफुले चिनेको मान्छे संग घरबेटी बोलेको देख्दा हात खुट्टा नै कमजोर हुन्थ्यो ।भन्दा सरल लाग्ने तर भोग्दा सारै जटिल र त्रासदी पूर्ण ब्यबहार देख्दा मैले धार्मिकताको खोल ओडेर भित्र दिनदिनै पाप गर्ने घृणित स्वरूप देखें, पशुलाई पुजा आराधना गर्ने समाज को नजरमा मानिस कसरी त्यति तल्लो दर्जाको हुन्छ्न। आफ्नै कमाइले खाँदा पनि किन यति धेरै समस्या झेल्नुपर्ने, के दलित समुदायमा जन्मिनु हाम्रो दोष हो रुअभिशाप होरु हामि छुट्टै ग्रहका मान्छे हौरुपहिले पहिले शिक्षा र जनचेतनाको अभाव ले जातीय विभेद भएको हो भन्ने गरिन्थ्यो तर अहिले शिक्षित समुदायको सभ्य जातीय विभेद भव्य तवरले चलिरहेको छ ।
कहिल्यै नटुङ्गिने र अर्थहिन उपल्लो जात र तल्लो जातको पगरीमा मानिसले आफ्नो परिचय बिर्सिएका छन जातको आधारमा अरु प्रती अपशब्द बोल्ने , होच्याउने र छेडछाड गर्ने आचरणले के साच्चिकै हामीलाई चेतनशिल प्राणी वा पृथ्वीको उन्नत प्राणी भन्न दिन्छ रुकुन स्वाभिमान र अहंकारले आफुले आफुलाई सर्बश्रेस्ठ प्राणी ठान्छौ जब कि हाम्रो सोच नै कुण्ठाग्रस्त छ । बदनियत छ ।
सरकारको नीतिहरूले प्रष्टरुपमा छुवाछुत मुक्त राष्ट्रको रूपमा नेपाललाई चिनाएको छ। समाजमा कु व्यवस्था रहेको देशको अपहेलित पिछडिएको समुदाय दलित समुदाय जहां धर्म, संस्कारको नाममा अनेकन अपराध गरिन्छन । कति बाहिर आउँछन कति भित्रै दबाइन्छन। कतै शारीरिक कतै मानसिक कतै भौतिक कतै धार्मिक रूपमा यो समुदाय सदियौं देखि २१ औं सताब्दी सम्म पनि छुटकारा पाउन सकेका छैनन्।नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भनेर लेखेका छन शब्दमा सिमित छ । बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् । जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ ।
उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति यद्यपि ज्यूँकात्यूँ छ । हिजोको समयको जस्तो जातीय विभेद र छुवाछुत प्रत्यक्ष रुपमा नभएपनि अहिलेको वर्तमान समयमा अप्रत्यक्ष रुपमा जातीय विभेद र छुवाछुत प्रशस्त भइरहेको छ हामि भोग्न बाध्य छौ ।-
प्रतिकृया लेख्नुहोस्: