Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कहीँ नभएको हाँडीगाउँको जात्रा

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो । यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उनले सुनाए । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्दी प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथै भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमेबाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए ।

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण ९तीननारायण० जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण ९तीननारायण० मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो । मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो ।

नारायणको जात्रा कमलासनको तीन खट ९बाबु, आमा, छोरा० बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending