Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

प्रधानमन्त्री देउवा भन्छन्– बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिनेछ

खबरडबली संवाददाता

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर  बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दु:ख व्यक्त गरे । उनले  आफू काठमाडाँै फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए । 

विपद् ढोल बजाएर नआउने भएको तर अचानक आइदिएका कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि केही न केही छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले जानकारी गराए । वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडाँै फर्किएपछि छिटै ल्याइने उनले  विश्वास दिलाए । 

बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाइ नहुने भएकाले त्यसतर्फ पनि आफूले ध्यान केन्द्रित गरेको बताए । उनले विकास निर्माणलगायतको कार्य पछि हँुदै गर्छ तर, अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गरे । 

उनले  बाढीले बिघौँबिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागिसमेत समस्या हुने भएका कारणले छट्टै राहतको प्याकेज घोषणा गर्ने बताए । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ वर्षपछि डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहेकी  कलावती महर (साउद)...

नेपालगंज उपमहानगरपालिकामा एमालेको भन्दा दोब्बर मतका साथ कांग्रेस अग्र स्थानमा

बाँके । नेपालगंज उपमहानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार  मेयरको उम्मेदवारमा रहेका कांग्रेसका प्रशान्त विष्टले  १२ हजार ८०६ मत ल्याएक...

अपडेटः बालेनले १२ हजार ८७७ मत ल्याउँदा स्थापितले ६ हजार ८७८ मत ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १२ हजार ८७७ मतका साथ अग्रता बनाए...

बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल दोस्रो कार्यकालका लागि निर्वाचित

कञ्चपुर । बेलौरी नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चौधरी यसपटक फराकिलो मतान...

हालसम्म ३ सय ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनु...

नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त

काठमाडौँ ।  भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालक...

वीरगञ्ज महानगरपालिकामा ९ हजार ५०० मतसहित गठबन्धनका सिहंको अग्रता कायमै

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ९ हज...

रिब्दीकोटमा माओवादी केन्द्रका कार्की विजयी

रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्...

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत ग...

नेप्से परिसूचक उच्च अङ्क ८४.९ ले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji