झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।
दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहेका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको यो पहिलो ‘कृषि होमस्टे’, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घाटन गरेका हुन् । प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताए ।
पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो घरबास देशका विभिन्न सहकारीबाट यहाँको नमूनाखेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको उनले अध्यक्ष ओलीलाई जानकारी दिएका थिए ।
कृषि र पर्यटनलाई लक्ष गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । पाहुना घरमा आठ वटा सुुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ । विसं २०७० सालमा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाइएको छ ।
तीन वर्षअघि सरकारले मुलुकभरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रुपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रु ६५ लाख, २०७६/०७७ मा रु ४५ लाख र चालू आवमा रु ५० लाख गरी कूल रु एक करोड ६० लाख उपलब्ध गराएको अध्यक्ष चापागाईंले बताए । प्राप्त रकममध्ये होमस्टे निर्माणमा रु एक करोड २० लाख खर्च भएको र बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो । यी सम्पूर्ण संरचनाको उद्घाटन कार्यक्रममा पूर्वमहाधिन्याधिवक्ता अग्नि खरेल, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडालगायतको उपस्थिति थियो ।
अध्यक्ष ओली आजै जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भई बेलुका विराटनगर जानुहुने कार्यक्रम रहेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: