दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग पुर्याउने जोड बताए ।
हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, “हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।”
हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्टसिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उनले अब देशभरिका स्मार्टसिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताए । उनले भने, “गौरीगञ्ज सहर पहिलाको जस्तो होइन, आधुनिक गौरीगञ्जका रूपमा विकासित हुनेछ ।”
देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्नुहँुदै उनले भने, “फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, रु एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।”
सोही कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको समग्र विकासका लागि ध्यानाकर्षणपत्र बुझाएका थिए । यसैगरी पूर्वप्रम ओलीले गौरीगञ्जस्थित रतुवाखोलामा निर्माण भएको पुलको समेत निरीक्षण गरेका थिए । एक दशकअघि पुल निर्माण भए पनि पुल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । पुल नियमितरूपमा सञ्चालन हुन नसक्दा दक्षिणी भेगका बासिन्दा पूर्वी मोरङसम्म आवतजावत गर्न सास्ती खेप्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: