सोलुखुम्बु । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा बहाल राख्दै नागरिकको वैयक्तिक अधिकारको संरक्षण र प्रवर्द्धन गरी समुन्नत समाज निर्माणको लागि दत्तचित्त रही आम नेपालीको आशा र भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको शुक्रबार उद्घा्टन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । उद्घा्टन पश्चात उनले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गर्नुको साथै प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरे ।
भवन उद्घायटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षाका खातिर चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्यूटिमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताए । भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने र स्वस्थ कार्य वातावरण निर्माण भई सेवा प्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, “नव निर्मित भवनको उपभोगबाट यहाँ कार्यरत प्रहरीहरूको बसाइँ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु ।”
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले देशी विदेशी हरेक मानव जातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने चर्चा गर्दै निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनु पर्नेमा जोड दिए । नव निर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति रहेकोले आम नागरिकबाट सदैव सद्भाव र सहयोग प्राप्त भइरहने विश्वास उहाँले व्यक्त गरे ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले भौतिक सुबिधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त समारोहमा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्यालजिन शेर्पालेसमेत मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई।अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । १्१ तले ३ वटै भवन नेपाल सरकार राष्ट्रिय पुन: निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कूल २ करोड ४ लाख ४७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
समारोहमा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, संचारकर्मी, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: