काठमाडौँ । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुबालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुबालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताउनुभयो । उहाँले तिब्बती शरणार्थीका समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुबाले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा र्हेन प्रेरित गरेको बताउनुभयो ।
हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताउनुभयो । उहाँले दुबाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिस्रण रहेको बताउनुभयो । कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीढा साथै मानविय संवेगलाइ स्पष्ट पुस्तकमा उतारिएको बताउनुभयो ।
पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रुपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताउनुभयो । कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिबले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको बताउनुभयो । सांग्रील बुक्सद्धारा प्रकाशित दुबालको मुल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुबाल तेस्रो उपन्यास रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०७९ - १७:१६
गलकोट । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका...
जेष्ठ ५ गते, २०७९ - १६:५७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् । ...
जेष्ठ ५ गते, २०७९ - १६:४२
धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुप...
जेष्ठ ५ गते, २०७९ - १६:२४
दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक ...
जेष्ठ ५ गते, २०७९ - १५:२४
कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनक...
जेष्ठ ५ गते, २०७९ - १५:०५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् । प्...
जेष्ठ ५ गते, २०७९ - १४:४७
काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
जेष्ठ ५ गते, २०७९ - १४:३३
बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन,...
जेष्ठ ५ गते, २०७९ - १४:१३
काठमाडौँ । सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७...
जेष्ठ ५ गते, २०७९ - १४:००
चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा ...
प्रतिकृया लेख्नुहोस्: