NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

प्रधानमन्त्री देउवा– बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् ।

नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले  शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले दुई देशका संसद बीचको  विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे । उनलेभने, “संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायत बीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।”

नेपालको  प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो ।

“संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो” प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उनले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । 

लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पुर्याएको धारणा व्यक्त गरे ।

बेलायतको संसदमा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उनले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिए ।

समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुगेका छन् ।

आइतबार बिहान भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने  र लण्डनस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौँ। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।  प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट बढुवा भ...

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन्।    नेपाल कानून समाजद्वार...

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

अर्घाखाँची। भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे।  ...

२४ घण्टामा सात जना कोरोना सङ्क्रमित

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित...

थ्री नेशन्स कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको ...

परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै वि...

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्या...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् ।  नेपा...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने गठबन्धनको सहमति

काठमाडौँ। सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ। बालुवाटारमा बुधबार साँझ बसेको बैठकले चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको ...

भोजपुर गोल्डकप चैत १० देखि

काठमाडौँ।  भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० देखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतिय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page