काठमाडौं । कञ्जुमर आई नेपालद्वारा आयोजना गरिएको केराउ ,मरिच, छोगडा लगायतका वस्तुमा लगाईएको प्रतिवन्ध र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमवार उद्योग ,वाणिज्य श्रम तथा उपभोक्ता संवन्ध संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता एवं कञ्जुमर आई नेपालका अध्यक्ष श्री विमला खनालको अध्यक्षतामा संपन्न भएको हो।
‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी बढेको खाद्य वस्तुमा अखाद्य वस्तुको मिश्रण बढेको र उपभोक्ताले थेग्नै नसक्नेगरी महङ्गी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
आम उपभोक्ताहरूको दैनिक जीवन र स्वास्थ्यजस्तो गम्भिर विषयसँग जोडिएको बजार मनलाग्दी ढंगले बढ्दा पनि सरकारले देखेको नदेखे झैं गरेको कन्जुमर आई नेपालको आरोप छ । ‘यहाँ के चीजमा महङ्गी छैन ? कुन वस्तुमा मिसावट छैन ? सब–सब उपभोग्य वस्तुहरु उपभोग विपरित छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले प्रश्न गरिन्, ‘खोइ सरकार कहाँ छ ?’
सोही कार्यक्रममार्फत अध्यक्ष खनालले उपभोग्य खाद्यवस्तु केराउ, मरिच तथा छोकडामा सरकारले आयात प्रतिबन्ध लगाएर कार्टेलिङ गरेको आरोप लगाइन् । विश्व व्यापार संघ (डब्लूटीओ) को सदस्य राष्ट्र समेत रहेको नेपालले यसरी वस्तु आयातमा प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको उनको आरोप छ । तर संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सभापति बिमल श्रीवास्तवले उक्त आरोपको ठाडै अस्वीकार गरे ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका साखा अधिकृत विरेन्द्र वहादुर माझी, विभिन्न उपभोक्ता अधिकारकर्मी संस्थाका प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संचार कर्मीहरूले आफ्नो जिज्ञासा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले उपभोक्ता सरकारविहिन राज्य विहिन अवस्थामा पुगेको गुनासो राख्दै केराउ मरिच छोकडाको प्रतिवन्ध तत्काल हटनु पर्ने धारणा राखेका थिए भने कार्यक्रमको संचालन कञ्जुमर आई नेपाल काठमाडौं जिल्ला अध्यक्ष भुपराज न्यौपानेले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १८:००
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...
जेष्ठ १३ गते, २०८३ - १७:४८
काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - १७:४१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...
जेष्ठ १३ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
जेष्ठ १३ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...
जेष्ठ १३ गते, २०८३ - १६:२६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...



प्रतिकृया लेख्नुहोस्: