Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कात्तिकको पहिलो साता आएको बाढीले ४१ करोडको क्षति

खबरडबली संवाददाता

विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी रु१२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी रु चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।

यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्नेश्रेष्ठले बताए । कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताए । 

यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा रु५० लाख ९७ हजार र दंसबक्राहा नदीमा रु८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए ।

वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएकोछ । मेसिन औजारतर्फ रु९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ रु७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ रु७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ रुएक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब रु १० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए । बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । बाह्र जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, एक हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झण्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies