Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

जलवायु परिवर्तनसम्बन्धी समाचारमा विज्ञानका तर्क अनिवार्यरुपमा समावेश गर्न सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । वायु परिवर्तनबाट सिर्जित समस्यालाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पुर्‍याउन सम्बन्धित क्षेत्रका अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीले अनिवार्यरुपमा समेटनुपर्नेमा जोड दिइएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारले सो सुझाव दिएका हुन् ।  नेफेजले जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत् र बाढीपहिरोमा पारेको असरबारे सञ्चारकर्मीलाई प्रदान गरेको लेखनवृत्तिअन्तर्गत प्रकाशित स्थलगत समाचारको समीक्षात्मक कार्यक्रममा विज्ञ र सञ्चारकर्मीको अन्तक्र्रिया गरिएको हो । नेफेजले इकोनोमिक पोलिसी इन्क्युवेटर (इपीसी)सँग मिलेर तीनजना सञ्चारकर्मीलाई लेखनवृत्ति प्रदान गरेको थियो ।  

कार्यक्रममा समाचार सङ्कलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र विज्ञहरुको प्रस्तुति गरिएको थियो । विज्ञहरुले सञ्चारकर्मी र पत्रकारले नियमितरुपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेटन आग्रह गरेका थिए । उनीहरुले जलवायु परिवर्तनको विज्ञान, अध्यनन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरु अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गरे ।

कार्यक्रममा जलस्रोत विज्ञ अजय दीक्षितले आमनागरिकलाई जलवायु परिवर्तनबारे सरल तरिकाले बुझाउने दायित्व सञ्चारकर्मीको रहेको उल्लेख गर्दै भने, “सञ्चारमाध्यमले सूचना प्रदान गर्ने हो र ती सूचनालाई सरोकारवालाले ज्ञानको रुपमा विकास गर्नुपर्छ ।” यो मुद्दा नितान्त विज्ञानसँग जोडिएको उल्लेख गर्दै उनले सुक्ष्म अध्ययन र अनुसन्धानबाट आएको निष्कर्षलाई समावेश गरिएमा त्यस्ता सूचना प्रभावकारी र वास्तविक हुन्छन् भने ।

पहिरोविज्ञ डा रन्जनकुमार दाहालले तापक्रम, वर्षा र मौसमको भविष्यवाणीको सूचना सरोकारवाला निकायसम्म पुर्‍याउने जिम्मेवारी सञ्चारकर्मीको भएको जिकिर गर्दै समाचार र सूचना तथ्यगत विवरणमा आधारित हुनुपर्ने सुझाव दिए । साथै उहाँले कुनै पनि प्रकोपसँग जोडिएका विज्ञानका न्यूनतम विषयलाई समाचार र लेखमा समावेश गर्न अनुरोधसमेत गरे । उच्च हिमाली क्षेत्रमा ९० प्रतिशतसम्म पहिरोजन्य घटनाहरु हुनसक्ने, पूर्वको तुलनामा पश्चिम नेपालमा यस्ता गतिविधि बढी हुने उनले तथ्याङ्क पेश गरे ।

पूर्वमन्त्री तथा इन्जिनियर गणेश साहले जलवायु परिवर्तनले खाद्य सुरक्षा र खाद्य माथिको सम्प्रभुत्वमा ठूलो धक्का दिएको बताए । उनले  मौसमसम्बन्धी जानकारी आम कृषकसम्म पुर्‍याउन सञ्चारमाध्यम, सञ्चारकर्मी र सरकारका सरोकारवाला निकाय चुकेकोसमेत टिप्पणी गरे । उनले जलवायु परिवर्तन, कृषिको विविधिकरण, रसायन र विषादीको अत्यधिक प्रयोग, चुरे विनास, सस्तो दरमा भारतीय खाद्यान्नको आयात, कृषिजन्य उपकरणको उपलब्धता र तीनको सञ्चालनमा वृद्धि भइरहेको लागतले गर्दा कृषि क्षेत्र तहसनहस भएको धारणा व्यक्त गरे ।

नेफेजका अध्यक्ष कसमस विश्वकर्माले जलवायु परिवर्तन र यसबाट सिर्जित समस्याहरुबारे समाचार संकलन र प्रकाशन गर्दा त्यस क्षेत्रमा भएका अध्यनन, अनुसन्धान र विज्ञहरुको ज्ञानलाई अनिवार्यरुपमा समेट्नुपर्ने बताए । उनले भने,, “विज्ञहरूले पनि आफूले प्राप्त गरेको ज्ञानलाई सरलीकृत गरेर सञ्चारकर्मीलाई बुझाउने प्रयास गर्नुपर्छ । दुवै पक्षको संयुक्त प्रयासबाट मात्र प्रभावकारी समाचार उत्पादन तथा प्रकाशन हुनसक्छ ।” इपीआइ कार्यक्रमका वरिष्ठ सल्लाहकार केशव आचार्यले जलवायु परिवर्तनको मुद्दा जनस्तरसम्म पुर्‍याउने उद्देश्यले नेफेजसँग आफूहरूले सहकार्य गरेको जानकारी गराए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies