काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ ।
सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । त्यसबाहेक काठमाडौँ जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उनले बताए ।
उनले भने, “भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुङ्गो लगाउनेछ ।” खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए । पहिराको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्गाउनुपर्ने उनले बताए । “स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन”, उनले बताए, “चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।”
जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुङ्गो लागेपछि निर्माण अघि बढाइनेछ । उनले बताए, “अबको बैठकले बाँकी कुरा टुङ्गाएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।” सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण अन्तिमचरणमा पुगेको छ । केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: