Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

लामो हाँसोमा मुना भन्छिन्,–‘प्रेम जीवनको परीक्षा दिएकै छैन कसरी फेल?’

\"Munaलोक गायिका मुना थापा मगर स्लो गीतमार्फत चर्चित बनेकी लोकप्रीय गायिका हुन् । पछिल्लो समय फास्ट गीतसमेत गाउन थालेकी उनी फरक पहिचान बनाउने सोचमा छिन् । पछिल्लो एल्बम ‘पिरतीमा फेल’ बजारमा ल्याएकी उनको आफ्नै प्रेम जीवन भने कस्तो छ ? खबरडबलीका लागि सरिता कार्कीले गरेको कुराकानीमा उनले आफूले प्रेम जीवनको परीक्षा नै दिन नभ्याएको गुनासो गरेकी छिन् । प्रस्तुत छ, मुनासँगको कुराकानीको सम्पादित अश :सम्पादक ० आजकाल के मा व्यस्त हुनुहुन्छ ? हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै छ । अहिले त तीजको गीतको लागि रेकर्डिङको लागि व्यस्त छु । विभिन्न एल्बमको लागि ९ वटा गीत रेकर्ड गराइसकेकी छु । बाँकी गीतहरुमा पनि काम भइरहेको छ । ० केही दिनअघि रिलिज भएको गीत पिरतीमा फेलको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ? यो गीतको लागि मैले निकै राम्रो प्रतिक्रिया पाइरहेकी छु । योभन्दा पहिले मैले स्लो गीतहरु धेरै गाएँ । त्यस्तैले मेरो छाप स्लो गीत गाउने गायिकाको रुपमा स्थापित भयो । यो गीत भने मेरो छापभन्दा भिन्न छ । यो एउटा फास्ट गीत हो जुन सुनेर मेरा दर्शकहरु नाच्न सक्नुहुन्छ । यो गीतको भिडियो पनि निकै राम्रो बनेको मेरा दर्शकहरुले बताउनु भएको छ । यसको लागि म निकै खुसी छु । हुन त मैले अरु एल्बममा पनि फास्ट गीत नगाएको भने होइन तर मेरो आफ्नै एल्बमको फास्ट गीत यो नै पहिलो हो । मिडियाहरुमा पनि यसको राम्रो प्रतिक्रिया आइरहेका छन् भने मेरा दर्शकहरुले मलाई जता भेटेपनि गीत राम्रो छ है भन्ने गर्नुभएको छ । ० तपाईं आफू भने प्रेम जीवनमा पास कि फेल ? परीक्षा नै दिएको छैन (लामो हाँसो) । पास भनौं कि फेल । अहिलेसम्म त प्रेम जीवनमा फेल भन्दा नै उचित होला । ० परीक्षा नदिनुको कारण ? मैले यसबारे त्यती राम्रोसँग सोचेकी नै छैन । अहिले म आफ्नो करियरमा नै केन्द्रीत छु । परीक्षा दिन भ्याइनँ । ० परीक्षा दिएर सर्टिफिकेट लिने कहिले सोच्नुभएको छ ? हरेक कुराको समय हुन्छ । समय आएपछि सबै कुराको चाँजोपाँचो मिल्छ । यसका साथै भाग्यमा जे लेखेको छ त्यहि हुन्छ, त्यसकारण मैले सर्टिफिकेट लिने कुरा पनि भाग्य र समयलाई छोडिदिएकी छु । सोचेर मात्र पनि हुँदैन । जे कुराको लागि पनि सही समय आउनैपर्छ । अहिले मेरो विवाहको समय आएको छैन । म आफैं पनि दुईतीन वर्षपछि विवाह गर्ने सोचमा छैन । ० तपाईंको पहिचान स्लो गितमा छ तर यो गितले तपाईंको छाप बदल्यो जस्तो लाग्दैन ? छाप नै परिवर्तन गर्न खोजेको होइन । अबदेखि मैले स्लो गीत नगाउने भन्ने होइन, स्लो गीतका साथै फास्ट गीत पनि गाउन खोजेकी हुँ । समयको माग पनि त्यस्तै छ । एउटी गायिका त्यतिबेला सफल हुन्छिन् जब उनले विभिन्न विधाको गीत गाउन सक्छिन् । ० यसपालीको तीजमा के गर्दै हुनुहुन्छ ? तीजको कार्यक्रमहरु अहिले नै फाइनल भइसकेका छैनन । तीज नै पहिले सेप्टेम्बर २१ मा बहराइन जाँदैछु । यदि सबै कुरा मिल्यो भने तीजको कार्यक्रमको लागि विदेश जान्छु नभए नेपालमा नै कार्यक्रम गरेर मनाउँछु । ० तीजकै लागि भनेर विशेष सपिङ गर्नुहुन्छ ? म लगाउनमा त्यति सौखिन छैन । त्यसकारण तीजकै लागि भनेर सपिङ गर्दिनँ । कार्यक्रमको लागि विदेश जानुपर्यो भने सपिङ गर्छु  र आवश्यक परेको खण्डमा । तीजको लागि नै भनेर लुगा र गहना अहिलेसम्म किनेकी छैन । ० तपाईंलाई कस्ता खाले पहिरन मनपर्छ ? कार्यक्रममा म आफ्नो मौलिक ड्रेस, कुर्ता, साडी, वानपिस र लामो स्कर्टहरु लगाउँदा सहज महसुस हुन्छ । साधारणतया मलाई पाइन्ट, टिसर्ट र लामो स्कर्ट लगाउन मनपर्छ । ० तीज भनेको नाचगानका साथै ब्रत बस्नु पनि हो । तपाईं ब्रत बस्नु हुन्छ ? म तीजमा ब्रत बस्छु । सानैबेलादेखि नै साथीहरुसँग म तीजको ब्रत बस्ने गर्थें । हाम्रो गाउँ मनकामनाभन्दा माथि बक्रेश्वरी मन्दिर भन्ने छ । तीजको ब्रत बसेको बेला हामी सधैं त्यहाँ गएर पूजा गर्ने गर्दथ्यौं । सानैबेलादेखि ब्रत बसेको भएर कहिले देखि तीजको ब्रत बस्न थालें, हेक्का नै छैन । म ब्रत बसिरहन्छु । विगत ७ वर्षदेखि साउने सोमबार पनि ब्रत बस्दै आएकी छु । भगवानमा आस्था छ । उहाँलाई खुसी पार्न ब्रत बस्छु । ब्रत बस्दा स्वास्थ्यमा फाइदा पुग्ने, भित्रैदेखि शान्ती पाइने भएकाले आफ्नै लागि पनि ब्रत बस्छु र घरपरिवारको सुस्वास्थ्यको कामना गरेर पनि ब्रत बस्छु । ० भविष्यमा कस्ता किसिमका गीत गाउने सोचमा हुनुहुन्छ ? लोकगीत बाहेक अरु विधाका गीत गाउने सोच्नुभएको छ ? म अहिले जुन क्षेत्रमा छु, त्यसमा म निकै खुसी छु । मेरा दर्शकको मायामा पनि निकै आभारी छु । उहाँहरुको मायाले गर्दा नै म साधारण मुना थापा मगरबाट लोकगायिका मुना थापा मगर भएकी हुँ । भोली कसैले पनि देखेको छैन, तर सबैकुरा ठिक भयो भने म यही क्षेत्रमा लागिरहन्छु । जबसम्म मेरा दर्शकले मलाई माया गर्नुहुन्छ, जबसम्म मैले गाएका गीतहरु दर्शकले रुचाइदिनुहुन्छ, त्यतिबेलासम्म म गाइरहन्छु । मेरो पहिलो प्राथमिकता लोकगायन नै हुन्छ किनभने मेरो परिचय यसैमा छ । मेरा दर्शकले चाहेसम्म मेरो यो परिचय कसैले पनि खोस्न सक्दैन । ० अन्त्यमा आफ्ना प्रशंसकहरुलाई केही भन्न चाहनुहुन्छ ? जुन माया, परिचय मलाई दर्शकहरुले दिनुभयो, त्यसलाई म नमन गर्न चाहन्छु । मेरो फ्यान पेज, फेसबुक पेजमा जतिपनि मेरा प्रशंसकहरु हुनुहुन्छ, उहाँहरु सबैलाई म धन्यवाद भन्न चाहन्छु । नेपाली महिलाहरुको महान चाड तीज नजिकिँदै छ । खबरडबलीमार्फत म सबै नेपाली नारीहरुलाई तीजको शुभकामना व्यक्त गर्न चाहन्छु । सपरिवार रमाइलो गर्नुहोस्, धेरै नाचगान गर्नुहोस् र आफ्नो स्वास्थ्यको ख्याल राखेर मात्र ब्रत बस्नुहोस् भन्न चाहन्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies