Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

लामाे समयपछि किलिङमा बिजुली बल्यो

रासस

फुङ्लिङ । बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ ।  

मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो । स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको  बताए  ।

सो गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ । स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उनले जानकारी दिए ।  पापुङका वडाध्यक्ष डण्डु लामाले  आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताए । 

हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए । तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए ।    

आयोजना निर्माण भएपछि  त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताए  । 

उक्त आयोजनाका लागि रु ९६ लाख र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कूल रकमध्ये वडा कार्यालयको अनुदान रु ४९ लाख, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट रु १५ लाख रहेको  छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies