गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउँछन् । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ ।
नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ ।
गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मूल्यमा भने गिरावट आएको छ । उनले किबीको मूल्य सुरुमा एक हजार भए पनि अहिले मूल्य घटेर तीन/चार सयप्रति केजीमा सीमित भएको बताए । पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुँने उनको भनाइ छ ।
“खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मूल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुनसकेको छैन, बागलुङमा विदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ” अध्यक्ष पाइजाले भने, “एकीकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मूल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबीप्रतिको मोहो राम्रो छ ।” उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको बिरुवाको काटछाट र मलजल गर्न आवश्यक रहेको बताए ।
उनले २५ रोपनीमा १० वर्षदेखि किबीखेती गर्दै आएका छन् । यस्तै काठेखोला गाउँपालिका–७ का वडध्यक्ष प्रेम लामिछाने परीक्षणका लागि लगाइएको किबीका बिरुवाले दुईवर्षदेखि उत्पादन दिन थालेको बताए । उनले दुई रोपनी जग्गामा लगाएका ३० किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको विस्तार गर्ने योजनामा छन् ।
उनले भने “मैले व्यावसायिक रुपमा नलगाएर परीक्षणको लागि मात्रै लगाएको हुँ, किबीले राम्रो उत्पादन दिन सुरु गरेको छ, गतवर्ष १०० केजी किबी बिक्री गरेको थिएँ, अहिले त्यो भन्दा बढी बिक्री गर्ने योजनामा छु ।” पाँच वर्षअघि किबीको मूल्य प्रतिकेजी रु एक हजार थियो तर अहिले मूल्य घटेर रु ३०० मा झरेको छ । लामिछानेको भनाइ छ ।
सिगानामा पहिलो पटक किबीखेती भित्र्याएका पूर्व शिक्षक अनन्तबहादुर खड्काले यसवर्ष उत्पादन घटेको बताए । आठ वर्षदेखि किबीखेती गर्दै आउनुभएका खड्काले यसवर्ष किबीको बिरुवा काटछाँट गर्न नपाउँदा समस्या भएको बताए । उनले यसवर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा छन् । खड्काले पनि भनेजस्तो मूल्य नपाएको गुनासो गरे ।
उनल ेगतवर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको जानकारी द्यिए । यस्तै जिल्लाको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनीलगायतका क्षेत्रमा समेत किबी खेतीप्रति किसानको आर्कषण रहेको छ । सिगानाकै हरिबहादुर जिसीले पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आएका छन् । कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उनले गाउँमै कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याएका छन् ।
किबीको बिरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ । किसानले झाललाई राम्रो थाँक्रो हाल्नसके मात्रै किबीको राम्रो उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको किबीको फल सानो भएकाले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: