Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बन्दका कारण निम्न आय भएकालाई समस्या

खबरडबली संवाददाता

काठमाडौँ । वीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्कीए । राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आएका उनले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाउन सकेनन् । 

सोमबारसम्म कसैको बन्द भन्ने नसुनेका रणबहादुरजस्ता धेरै मानिस आज सडकमा निस्केपछि सवारी नपाएर अलमल परे । घण्टौँ सवारी कुर्दा पनि गन्तव्यमा पुग्न सकेनन् । कसले र किन बन्द गरेको भन्ने थाहा नपाइ अत्यावश्यक काम निस्किएका धेरै मानिस निरन्तर भइरहने यस्ता बन्दले दु:ख पाउँदै आएका छन् । 

बन्द गर्दैमा माग पूरा नहुने भए पनि लामो समयदेखि नेपालमा विरोधका लागि सार्वजनिक यातायात बन्द नै मुख्य अस्त्र बन्दै आएको छ । जसका कारण समस्यामा सामान्य मानिस पर्ने गरेका छन् । निजी सवारी चलेपनि सार्वजनिक यातायात फाट्टफुट्टमात्र चलेको छ । थोरै चलेका सार्वजनिक यातायात पनि गन्तव्यसम्म चलेका छैनन् । चुच्चेपाटीबाट वीर अस्पताल आइपुग्न रणबहादुरले तीन वटा सवारी चढ्नु परेको बताए । एउटाले मित्रपार्क, अर्कोले पुरानो बानेश्वर र तेस्रो सवारीबाट मात्र आफू गन्तव्यसम्म पुग्न सफल भएको उनले सुनाए  ।
 
जोखिम कम भए पनि कोरोना महामारी कायमै रहेकाले काम नपरी नहिँड्ने धेरै मानिसले आज काममा निस्कनुपर्दा सवारीकै कारण समस्या भोगेका छन् । विरोधका लागि बन्दको विकल्पका रुपमा अन्य रचनात्मक कार्यक्रम अघि सार्न सुझाव दिनुहुन्छ नयाँ बानेश्वरका ज्ञानेन्द्र श्रेष्ठ । रचनात्मक रुपमा नयाँ शैलीबाट विरोध गर्दा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गर्न सकिने उनको भनाइ छ ।

एक दिनको विरोधले निम्न आय भएका र काम गरेरै बिहान बेलुकाको हातमुख जोड्नुपर्नेका लागि समस्या हुने गरेको छ । यस्तै वर्गलाई समस्यामा पार्ने गरी बन्द कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट नहुने गरेको कीर्तिपुरकी रमिला महर्जन बताए । उच्च वर्गकालाई महिनांै बन्द गरिदिए पनि कुनै समस्या नभए पनि काम गरेर जीविकोपार्जन गर्नेका लागि भने सास्ती हुने गरेको छ । बन्द भएपछि ज्याला गरेर खानेले काम गर्ने अवसरसमेत पाउँदैनन् । 

बन्द कर्ताले सामान्य मानिसका यस्ता समस्यामा ध्यान दिनुपर्ने उनीहरुको माग छ । सबैले गरिखान पाउने गरी विरोधका कार्यक्रम गर्ने गरी रचनात्मक सोच अघि सार्न निम्न आय भएका वर्गको माग छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending