Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कांग्रेस खोटाङको सभापतिमा चार नेता चुनावी मैदानमा

खबरडबली संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

सभापतिका आकाङ्क्षी चारै नेताले आ–आफ्नो प्यानल (समूह) खडा गरेर फरकफरक समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन्  ।

पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई र सहसचिवमा ध्यानबहादुर राईको नाम टुङ्गिएको छ । पूर्वसभापति विष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा साजन राई र शालिकराम बञ्जराले उम्मेदवारी घोषणा गरेका छन् ।  

महाधिवेशन प्रतिनिधि भूपेन्द्रको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्यामकुमार राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ । 

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीतिस्वरूप केही पद रिक्त राखिएको समाचार स्रोतले बताएको छ ।

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्र दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग सहकार्य गर्ने योजनासहित पद रिक्त राखिएको पूर्वराज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बनेका नेता रोजन राईले बताएका छन् ।

क्षेत्रीय अधिवेशनपछि अन्य प्यानलसँग मिल्ने अवस्था आए सहकार्य गरिने चारवटै समूहका नेताहरुले बताएका छन् । “मिल्ने अवस्था आए रिक्त पदमा अन्य समूहका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ”, भूपेन्द्रको प्यानलमा रहेका जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले भने, “अन्य समूहसँग सहकार्य हुने/नहुने टुङ्गो भोलि हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।”

पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिनुहुन्छ । पूर्वसभापति विष्णुकुमार रामचन्द्र पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र कृष्ण सिटौलासँग नजिक मानिनुहुन्छ ।

अहिले कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेश (क)बाट ७०३ र (ख)बाट ७०३ गरी जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिको सहभागी हुनेछन् । तीमध्ये नेपाली कांग्रेसको विधानअनुसार जम्मा मतदाता सङ्ख्याको ५१ प्रतिशत अर्थात् ७१८ मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ । 

कांग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता कम रहेका छन् । देउवा–पौडेल पक्षका प्रतिनिधि गाउँ अधिवेशनमै धेरै छेकिएका छन् । अहिले सबै ठाउँबाट करिब ८० प्रतिशत प्रतिनिधि युवा आएका छन् । कोइराला समूहबाट जितेर आएका एक प्रतिनिधिले अबको अधिवेशनमा सभापतिलगायत पदाधिकारीको नेतृत्व युवाको काँधमा आओस् भन्ने रहेको बताएका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies