Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

एक चीन नीतिप्रति नेपाल प्रतिबद्धः प्रधानमन्त्री कोइराला

\"Nepal-Chaina\"१६ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा निहित रहेको बताउँदै ‘एक चीन नीति’ प्रति नेपाल अडिग रहेको बताएका छन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपाली भूमिमा आफ्ना छिमेकीविरुद्ध कुनै गतिविधि हुन नदिने दृढता व्यक्त गरे। प्रधानमन्त्री कोइरालाले नेपाल र चीन आदर्शवान् छिमेकीका रुपमा रहेका तथा साझा चासोका विषयमा निकट रहेर क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्दै आएका बताए । उनले चीन नेपालको विश्वसनीय छिमेकी, अन्तरङ्ग मित्र र भरपर्दो विकासको साझेदार रहेको बताउँदै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ भन्दै आफ्ना छिमेकीका विरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । बितेका छ दशकमा नेपाल र चीनले आधारभूत परिवर्तन महसुस गरेका तथा नेपालले ऐतिहासिक राजनीतिक परिवर्तन व्यहोरोको बताउँदै उनले नेपालको अहिलेको प्रमुख काम प्रजातान्त्रिक उपलब्धिलाई संस्थागत गर्नु तथा संविधानसभाबाटै संविधान जारी गर्नु रहेको बताए । राष्ट्रिय एकता र मेलमिलापको भावनाप्रति नेपालका राजनीतिक दलले उदाहरणीय प्रतिबद्धता जाहेर गरेका बताउँदै प्रधानमन्त्री कोइरालाले यसबाट संविधान लेखनको प्रक्रिया सबल भएको उल्लेख गरे । संविधान जारी हुने वित्तिकै सङ्क्रमणकालको अन्त्य भई त्यसबाटै शान्ति, स्थायित्व र प्रजातन्त्रको संस्थागत विकास र आर्थिक उन्नयनको मार्ग प्रशस्त हुने उनले बताए । चीनको रुपान्तरण सफलताको गाथाका रुपमा मानव इतिहासमा रहेको भन्दै प्रधानमन्त्रीले शान्तिपूर्ण विकासको चिनियाँ नीतिले विश्व शान्ति, सुरक्षा र समृद्धिका निम्ति योगदान पुगेको बताए । ‘शान्ति, स्थायित्व, विधिको शासन कायम गर्न अल्पविकास चुनौतीका रुपमा रहेको छ र यो नै अतिवाद र आतङ्कवादको जड भएको छ’– मुलुकको समग्र विकासबाटै आतङ्कवाद र अतिवाद कम गर्न सकिने अभिमत प्रकट गर्दै प्रधानमन्त्रीले भने । भारत र चीनसँग नेपालको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले ‘भारत र चीनबीच मौलाउँदै गएको आत्मीय सम्बन्धको नेपाल स्वागत गर्छ’– प्रधानमन्त्रीले भने । चीन र भारतसँगको भौगोलिक निकटताले उनीहरूबाट उपलब्ध हुने अकल्पनीय लाभ हासिल गर्न नेपाल उद्यत रहेको पनि उनले बताए । आफ्ना छिमेकीसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेको तथा नेपालको शान्ति, राजनीतिक स्थायित्व, आर्थिक विकास क्षेत्रीय रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । चीन नेपालको भरपर्दो विकास साझेदार र विश्वसनीय मित्र भएको बताउँदै प्रधानमन्त्री कोइरालाले भूकम्पका बेला चीनले तत्काल मानवीय सहायता उपलब्ध गराएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दै नेपालको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा पनि हार्दिक आभार प्रकट गरे । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बहुआयामिक नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग एवम् समर्थन प्राप्त भइरहेको बताए । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले चीन र नेपालबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई थप उचाइमा पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै चीन र नेपालले मिलेर पारस्परिक लाभका विविध क्षेत्रमा काम गर्न सक्ने बताए । सोही समारोहमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको साठिऔँ वार्षिकोत्सवका अवसरमा प्रकाशित हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा लगाए । समारोहमा संविधानसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री एवम् पूर्वपरराष्ट्र मन्त्री, नेपाल सरकारका उच्च अधिकारी, चिनियाँ राजदूतावासका उच्च पदाधिकारी तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies