काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् ।
वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
“वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु”, उनले भने, “यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।” वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उहाँले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए ।
उनले भने, “पीडितलाई न्याय दिलाउन मन्त्रालय र वैदेशिक रोजगार विभाग कटिबद्ध छ ।” वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्केका युवाको सीप परीक्षण, वैधानिक तवरबाट विप्रेषण भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुन: एकीकरणसम्बन्धी निर्देशिक छिट्टै मन्त्रालयबाट स्वीकृत हुने बताए ।
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुन:विचार हुनुपर्ने बताए ।
सरकारले खाडीसहित केही मुलुकका लागि सेवा शुल्क १० हजार तोकेको छ तर म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन् भन्दै उहाँले एक महिनाको पारिश्रमिक बराबरको रकम सेवा शुल्क तोक्ने विषयलाई अगाडि बढाउन मन्त्रालयले तयारी गरेको बताए ।
“गन्तव्य मुलुकसँगको श्रम सम्झौतालाई कामदार मैत्री बनाउने र श्रम सम्झौतालाई पारदर्शी बनाउन सरकार लागेको छ”, उनले भने, “सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने, विप्रेषणलाई वैधानिक तबरबाट भित्र्याउन सरकारले तयारी गरेको छ ।”
वैदेशिक रोजगार अध्येता रामेश्वर नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन यससँग सम्बन्धित कानून कार्यान्वयनमा जोडदिनुपर्ने बताए । उनले संस्थागत क्षमता अभिवृद्धि, संरचनात्मक सुधार, श्रमिक मैत्री व्यवहार तथा कर्मचारीलाई श्रम र मानवअधिकारका बारेमा जानकारी दिनुपर्ने उल्लेख गरे । वैदेशिक रोजगारीमा जाने श्रमिकको ज्यान जाने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले श्रमिकको मृत्युका कारणका बारेमा अनुसन्धान गरेर त्यसको समाधान खोज्नुपर्नेमा जोडदिए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगार ऐन, विसं २०६४ लाई परिमार्जन गर्न र वैदेशिक रोजगारीबाट फर्केका कामदारको पुन:एकीकरणमा ध्यान दिन आग्रह गरे ।
पौरखी नेपाल संस्थाका मञ्जु गुरुङले घरेलु कामदारका रुपमा महिलामाथिको प्रतिबन्ध तत्काल खुला गर्नुपर्ने बताए । वैधानिकरुपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउँदा श्रमिक महिला अवैधमार्गबाट विदेशिन बाध्य भएको उल्लेख गर्दै उहाँले अवैधरुपमा विदेश जाने महिला राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: