Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु

खबरडबली संवाददाता

चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।

निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन प्रक्रिया सुरु भएको हो । चितवन क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । इन्द्रकमल बुढाथोकी र किरणभूषण ओली, सचिवमा महेश्वर थपलिया, दिपकराज पौडेल, शिवनारायण चौधरी, ईश्वर खनाल, तथा उमेश गिरी र सहसचिवमा नवराज भुसाल, विष्णुहरि थापा, दीपनारायण चौधरी, गणेश थपलिया तथा माधव पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनका  अनुसार यस निर्वाचन क्षेत्रमा ९१० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । यस क्षेत्रको अधिवेशन रत्ननगरमा भइरहेको छ ।

यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भरत लामिछाने र लक्ष्मण गुरुङको उम्मेदवारी दर्ता भएको छ । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मलकुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेल तथा सहसचिवमा इन्द्रबहादुर घलान, कुष्माकुमारी पन्त, विष्णुहरि खनिया, भवानीदेवी अधिकारी, महेन्द्र थापामगर, रामजी पौडेल र सिर्जना बसौला देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।  यस क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य सङ्घमा भईरहेको छ । 
 
चितवन क्षेत्र नं ३ मा पाँच जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी मनोनयन गराएको बताइएको छ । सभापतिमा अमृतबहादुर बानिया, जगन्नाथ कँडेल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लालबहादुर दवाडी उम्मेदवार रहेका छन् । यस्तै सचिवमा तुलाराम गुरुङ, दीपक कुँवर, नवीन न्यौपाने, बृज महतो (झलक), लिलकुमार महतो, सरस्वती पाण्डे (सिर्जना) र क्षेत्रप्रसाद सापकोटा तथा सहसचिवमा इन्दिरा भुसाल कँडेल, गणेशप्रसाद कँडेल, लक्ष्मीप्रसाद सापकोटा, र सिर्जना अधिकारी लामिछानेले उम्मेदवारी मनोनयन गराएको जनाइएको छ । यस निर्वाचन क्षेत्रको शहिद स्मारक कलेज शारदानगरमा मतदान हुँदैछ । यहाँ ९६० मतदाता रहेका छन् ।

पोख्रेलका अनुसार आज हुने निर्वाचनले २५ महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशनअन्तर्गत यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुँदैछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy