Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भट्टराई फुटेकै दिन वैद्य भित्र्याउने प्रचण्डको योजना

\"prahcnda_baidhya\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ फेरी एकपटक २ वर्षअघि फुटेका आफ्नै राजनीतिक गूरु मोहन वैद्यसँग नजिकिएका छन् । पछिल्लोपटक पूनर्निर्माण प्रधिकरणको नेतृत्वको सवाललाई लिएर चिढिएका एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको समुहबाट खुलेआम रुपमा संविधान निर्माण भएको भोलीपल्टै प्रचण्डसँग अलगिने घोषणा हुन थालेपछि प्रचण्ड वैद्यसँग नजिकिएका हुन् । प्रधिकरणको नेतृत्व भट्टराईलाई नदिन आफुले भुमिका खेलेकोे भनेर भट्टराईले आरोप लगाएपछि चित्त दुखाएका प्रचण्डले आफु पक्षिय नेताहरुसँग यसरी बिना कारण आरोप खेप्नुपरेकोमा आफु दुखि भएको बताउने गरेका एमाओवादीका किराँत राज्यमा कार्यरत एक नेताले बताए । उनका अनुसार कांग्रेस÷एमालेका नेताहरु माओवादीलाई प्रधिकरणको नेतृत्व दिनै चाहँदैनथे । तर भट्टराईले प्रचण्ड पनि नेतृत्व नदिन लागेको भन्ने बुझाई राखेर अनावश्यक भड्किएको प्रचण्डको निश्कर्ष छ । प्रचण्डले यस्तै निस्कर्षको घुमाउरो जवाफ पेरिसडाँडामा भएको संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति सभामा समेत कार्यकर्तालाई सुनाएका थिए । संस्थापन पक्षका एक नेता बताउँछन् ‘भट्टराईले पार्टी पूनर्निर्माण र रुपान्तरणको बहाना मात्रै बनाएका हुन् । मुख्य विवाद नेतृत्वको नै हो ।’ उनका अनुसार कुबेलामा भट्टराईलाई निहुँ खोज्ने रोग लागेको  छ । भट्टराई अनावश्यक चिढिएको निस्कर्षमा प्रचण्डमात्रै होइन एमाओवादीको संस्थापन पक्ष पुरैको निस्कर्ष रहेको उनको कथन छ । यस्तो अवस्थामा तुलनात्मक रुपमा क्रान्तिकारी र इमान्दार रहेका वैद्यसँगको सम्बन्ध नजिक बनाउनुपर्ने उनि बताउँछन् । माओवादी स्रोतका अनुसार वैद्य नेतृत्वको नेकपा माओवादीबाट एमाओवादीमा आउन हतारिएका केही नेता तथा कार्यकर्तालाई प्रचण्डले केही समयदेखि एकैचोटी एकता गरौं भन्दै रोकेर राखेका थिए । प्रचण्ड अब ति नेता तथा कार्यकर्ताबाट एकताको दवाव दिने र वैद्य स्वंयमसँग समेत नजिकको सम्बन्ध स्थापित गर्न थालेका छन् । स्रोतका अनुसार १६ बुँदेअघि वैद्यसँगको एकताका लागि सबै कुरा करिबकरिब टुंगिएको थियो । १६ बुँदेबाट चिढिएका वैद्यको रिस मरेको र उनिपनि एमाओवादीले सामान्य आत्मआलोचना गरे तत्काल एकता गर्ने पक्षमा छन् । वैद्य माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’, हितमान शाक्य, कुलप्रसाद केसी ‘सोनाम’ लगायतका नेताहरु एकताका लागि सम्बन्ध बिग्रन नदिन प्रयत्न गरिरहेकै छन् । सोही स्वरुप एमाओवादीबाट जनार्दनशर्मा, नन्दकिशोर पुन ‘पासाङ’ लगायतका नेताहरु पटकपटक बसेर एकताको पक्षमा छलफल समेत गरेका छन् । स्रोतका अनुसार यि सबै एकताको पहलमा प्रचण्डको हात छ । उनकै निर्देशन तथा सल्लाहामा एकताको पहल भइरहेको छ । प्रचण्डले एमाओवादीका महासचिव कृष्ण बहादुर महरामार्फत समेत वैद्यसँग छलफल गरिरहेको स्रोत बताउँछ । एमाओवादीमा महरा त्यस्ता नेता हुन् जसले वैद्य र विप्लवसँगसमेत पूरानो एकिकृत पार्टीकै जस्तो राम्रो सम्बन्ध कायम राखेका छन् । प्रचण्ड यतिबेला सकेसम्म नेता भट्टराईलाई अलग हुन नदिने तर अलग हुने अवस्था आए वैद्य भित्र्याउने योजनामा छन् । यता भट्टराई पक्षधरले पनि प्रचण्ड वैद्यसँग नजिकिएको स्किार्छन् । उनिहर भन्छन् –भट्टराई कथंकदाचित फुटेर गएकै दिन वैद्य भित्र्याउने योजनामा प्रचण्ड लागेका छन् । जसले पार्टी फुटेको गलत संदेशबाट समेत प्रचण्ड जोगिन सक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending