Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

पोखरा महानगरका कर्मचारीद्वारा वृत्तिविकासको माग गर्दै ज्ञापनपत्र

खबरडबली संवाददाता

गण्डकी । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न पाँच बुँदे माग राख्दै उनीहरुले एक हप्ताभित्र आफूहरूका मागका सम्बन्धमा सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्रमा उल्लेख गरेका छन् । स्थानीय सरकारका रूपमा रहेको महानगरले आफैँले कानुन बनाएर कार्यान्वयन गर्न सक्ने भए पनि कर्मचारीको समस्याका सम्बन्धमा उदासिन बनेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

महानगरपालिका संयुक्त कर्मचारी समितिका अध्यक्ष इञ्जीनियर झपटबहादुर थापाको नेतृत्वमा विभिन्न कर्मचारी सङ्घ–सङ्गठनका प्रतिनिधिसहितको टोलीले कार्यवहाक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको हो । समितिका अध्यक्ष थापाका अनुसार सरकारले कर्मचारी समायोजन ऐन बनाएर निजामती सेवातर्फका कर्मचारीलाई दुई तह वृद्धि गरी स्थानीय तहमा पठाएको उल्लेख गर्दै, लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम परीक्षा प्रणालीमा उत्तीर्ण भई कामकाज गरेका स्थानीय तहका कर्मचारीलाई विभेद गरिएकोतर्पm ध्यानाकर्षण गराएको हो ।

महानगरले कानुन बनाएर स्थानीय तहका कर्मचारीको व्यवस्थापन नगर्दा १५ वर्षदेखि बढुवा रोकिँदा कर्मचारी मर्कामा परेका छन् । यसैगरी २०६४ असोज मसान्त अगाडि अस्थायी र करारमा नियुक्त भएका कर्मचारीको सम्बन्धमा अदालतले गरेको परमादेश कार्यान्वयन गर्नसमेत कर्मचारीले माग गरेका छन् ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीले खाइपाइ आएको सेवासुविधा कटौती गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । विगतमा कार्यालयले कर्मचारी सञ्चयकोष, महङ्गी भत्ता, पोशाक भत्तालगायतमा गरेको व्यवस्था कायम गर्नसमेत माग गरिएको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीको सेवा सुनिश्तितापछि मात्रै नयाँ दरबन्दी सिर्जना गरी कर्मचारीको भर्ना प्रक्रिया अघि बढाइनुपर्ने र अन्यत्रबाट महानगरमा जथाभावी कर्मचारी ल्याउने काम बन्द गरिनुपर्ने माग कर्मचारीको छ ।

कर्मचारीले महानगरको कर तथा राजस्वलाई करमैत्री बनाइनुपर्ने, सेवाप्रवाहलाई नागरिकमैत्री एवं बेरुजु र बेथितिको सुधार गर्दै सुशासनमैत्री बनाउन तत्काल कार्ययोजना बनाइनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकामा गाभिएपछि लेखनाथ नगरपालिका र विभिन्न गाविस एवं उपमहानगरसमेतका गरी स्थायी, अस्थायी, करार र ज्यालादारी गरी झण्डै ५०० कर्मचारी स्थानीय तहतर्फ कार्यरत छन् 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies