काठमाडौँ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक तालिका अनुसार बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो । उक्त बैठक आगामी मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित रहने जनाइएको छ ।
नेकपा एमालेको १०औँ महाधिवेशनको ३ दिन अघि स्थायी कमिटी बस्न लागेको हो । आजको जारी बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुने जनाइएको छ ।
प्रतिकृया लेख्नुहोस्: