काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए । शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दे । उनले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताए ।
“सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छ”, प्रधानमन्त्री देउवाले भने । राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्र्देशन दिए । प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा गरे ।
नेपालको सुरक्षा निकाय आतङ्कवाद र सीमा अपराध नियन्त्रण गर्न सक्षम रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड–१९ जस्ता सङ्कट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गरे । उनले वर्तमान सरकार विधिको शासन स्थापना गर्न, संविधानको भावना र मर्मअनुसार जनताको नैसर्गिक अधिकारको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, भाइचारा र सहअस्तित्व कायम राख्दै सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ण र समुदायको सर्वाङ्गिण विकास गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सरकारको उक्त सङ्कल्प पूरा गर्न तीनै तहका सरकार, राज्यका सबै तह, सङ्घसंस्था, नागरिक समाज र आम जनताको सामूहिक प्रयासको आवश्यकता औँल्याए । उनले कर्तव्यनिष्ठ, लगनशील र अनुशासित भई मुलुक र नागरिकको सुरक्षामा खटिन सुरक्षा निकायलाई निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवाको निर्देशन अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारबाट सशस्त्र प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन तथा क्षमता अभिवृद्धि गर्न सहयोग प्राप्त हुने विश्वस व्यक्त गरे । जस्तोसुकै सुरक्षा चुनौतीका बीच सशस्त्र प्रहरीले ज्यानको बाजी लगाएर काम गरिरहेको उनले उल्लेख गरे । राष्ट्र र जनताका लागि सुरक्षित र सचेत रहँदै आवश्यक पर्दा ज्यान अर्पण गर्न उनले मातहतका सशस्त्र प्रहरी कर्मचारी तयार रहेको उल्लेख गरे ।
सो अवसरमा दीक्षित सशस्त्र प्रहरीले प्र्रतिष्ठानका कार्यकारी निर्देशक खड्गबहादुर राईबाट शपथ लिएका थिए । पन्ध्र महिने तालिम सकाएर चार महिलासहित ५८ सशस्त्र प्रहरी निरीक्षक दीक्षित भएका छन् । प्रशिक्षण अवधिभर विभिन्न क्रियाकलापमा सहभागी भई उत्कृष्ट भएका प्रशिक्षार्थीलाई सो अवसरमा पुरस्कारसमेत वितरण गरिएको थियो ।
प्रशिक्षण अवधिभर प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्ट पहिलो, सहिष्णुता विधातर्फ प्रकाशकुमार शाही, कवाज विधातर्फ चन्द्रबहादुर लामा र चाँदमारी विधातर्फ सन्दीप भट्ट उत्कृष्ट भइ पुरस्कृत भएका थिए । सो अवसरमा सशस्त्र प्रहरीद्वारा कवाज, ब्याण्ड र खुकुरी ड्रिल, नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । समारोहमा सशस्त्र प्रहरीले दीक्षान्त कवाजद्वारा प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: