Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

एमालेमा महाधिवेशनको सरगर्मी : ओलीकाे विश्वासपात्र भित्रै ‘अघाेषित’ समिकरण !

नेताहरुमा रस्साकस्सी, सर्वसम्मतकाे अन्तिम प्रयासमा ओली

खबरडबली संवाददाता

पोखरेल र नेम्वाङको दाबीले ओलीकाे विश्वासपात्रहरु नै गुट-उपगुट सिर्जना गर्न केन्द्रित भएको आकलन गर्न थालिएको छ। दुवै नेता ओलीको विश्वासपात्र हुन्।

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। 

पाँच लाख उपस्थित हुने दाबी गरेको एमाले महाधिवेशन अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्वसम्मतको प्रयास गर्ने एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउँछन्। 

वरिष्ठ उपाध्यक्षमा आकांक्षी रहेका नेम्वाङले चितवन पुगेर भने, ‘भोलि महाधिवेशन उद्घाटनपछि बन्द सत्रमा प्रवेश गर्छौँ। त्यसपछि सबै प्रक्रिया सुरू हुन्छ। हामी भनिरहेका छौँ, जस्तो हामी जुन ठाउँमा उभिएका छौँ। हामी महाधिवेशनलाई भव्यताका साथ सफल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छौँ। 

तर, अध्यक्षमा उपाध्यक्ष भीम रावलले पनि उम्मेद्वारी घोषणा गरेका छन्। उनी आफ्नो उम्मेदवारी फिर्ता नलिने अडानमै छन्।  

अध्यक्षपछि एमालेको विधान महाधिवेशन खडा गरेको उपाध्यक्ष पदमा शिर्ष नेताहरुको आकांक्षा छ। ओलीपछिको नेतृत्वमा स्थापित हुन ओली पक्षकै नेताहरूबीच गुटबन्दी सुरू भएको छ।

वरिष्ठ उपाध्यक्षमा स्थायी कमिटी सदस्य तथा संसदीय दलको उपनेता सुवास नेम्वाङ र महासचिव ईश्वर पोखरेलको दाबी छ। यस्तै, पूर्वमाओवादी धारका रामबहादुर थापा बादलले पनि वरिष्ठ उपाध्यक्षको चाहा देखाएका छन्। 

पोखरेल र नेम्वाङको दाबीले ओलीकाे विश्वासपात्रहरु नै गुट-उपगुट सिर्जना गर्न केन्द्रित भएको आकलन गर्न थालिएको छ। दुवै नेता ओलीको विश्वासपात्र हुन्। 

दुवै पक्षका नेताहरु अध्यक्ष ओलीसँगकै सहमतिको आधारमा दाबी गरेको बताउँछन्।  सधैं झैं मौन रहने नेता नेम्वाङले बिहिबार महाधिवेशनका लागि चितवनामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूलार्ई साथीहरुले वरिष्ठ उपाध्यक्षमा दाबी गर्न सुझाव दिएको बताएका थिए। 

पार्टी राजनीतिको कुरा गर्ने हो भने पोखरेल वरिष्ठ हुन्। तर पछिल्लो समय एमाले कार्यकर्ताहरूले नेम्वाङलाई ओलीको भरपर्दो सहयोगीका रूपमा बुझेका छन्। त्यसो त साविकको नेकपा विवादमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको उत्तराधिकारीको रुपमा नेम्वाङलाई हेर्न थालिएको थियाे। 

वरिष्ठ उपाध्यक्षमा मात्रै नभएर महासचिवमा पनि ओली निकट नेताहरुको कडा टकराव पर्ने देखिएको छ। महासचिवमा ओलीका विश्वास पात्र शंकर पोखरेल, बिष्णु पौडेलको प्रतिस्पर्धा छ। यस्तै, पार्टीको विभाजनको बेलामा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डेले पनि महासचिवमै उठ्ने बताइसकेका छन्।

ओलीकै विश्वास पात्रबीचको प्रतिस्पर्धांमा ईश्वर-शंकर र सुवास-विष्णुको समिकरण बन्ने देखिएको छ। 

सुवास-विष्णुको समिकरणलाई पूर्वमाओवादी र पूर्व माधव नेपाल समूहको समेत साथ रहने नेताहरुको दाबी छ। 

एमालेभित्र अघोषित रूपमा चलेको यो गठबन्धन प्रयासलाई अब ओलीले मात्रै रोक्न सक्छन्। उनले रोकेको अवस्थामा सहमति हुन कठिन छैन।

सुवास बिष्णु गठबन्धनमा  सचिव पृथ्वी सुब्बा गुरूङ, छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, रघुवीर महासेठ, महेश बस्नेत, गोकुल बाँस्कोटा, वसन्त नेम्वाङ, पूर्वमाओवादी र पूर्व माधव नेपाल समूहका साथ रहने देखिन्छ। 

यस्तै, ईश्वर शंकर गठबन्धनमा विष्णु रिमाल, राजन भट्टराई, भानुभक्त ढकाल, कर्ण थापा, खगराज अधिकारीलगायतको साथ रहने परिस्थिती बनेको छ। 

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन्।

प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन। प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको  एमाले प्रचार विभाग योगश भट्टराईले जानकारी दिए।  कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उको भनाइ छ।  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ। उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन्।  

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउने छन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन्। कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो।

बोल्न थाले नेताहरु 

महाधिवेशनमा सहभागी हुन धेरैजसो नेताहरु बिहीबारै चितवन पुगिसकेका छन्।  काठमाडौंमा रहँदा उम्मेदवारीबारे मौन रहेका नेताहरु चितवन झरेपछि आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। 

चितवनमा सुरु हुन लागेको महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका शेरधन राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको बताए। 

उनले भने, ‘राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु। त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ। त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु।’

यस्तै, सचिव गोकर्ण बिष्टले पनि फेरि सचिवमै दोहोरिने आकांक्षा व्यक्त गरे। 

चितवनमा पुगेर बिष्टले भने, ‘महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्ने बिषयमा छ। महाधिवेशनमा आएका छौँ’, अरु कमरेडहरूसँग छलफल हुन्छ। मैले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु मेरो उचित मुल्यांकन हुनेमा म विश्वस्त छु।’

बिहीबार विमानस्थल उत्रेका एमाले नेता महेश बस्नेत र शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन्। 

एमाले सचिवमा पदमा उम्मेदवारी घोषणा गर्ने नेताहरुको संख्या धेरै छ। सचिवमा योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, शिवमाया तुम्बाहाङ्फेले, खगराज अधिकारी, लेखराज भट्ट, विष्णु रिमाल, यमलाल कँडेल, मणि थापा, भानुभक्त ढकाल, ठाकुर गैरे, शेरधन राई, डोरमणि पौडेल, शेरबहादुर तामाङ, यामलाल कँडेल, कर्ण थापा, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खिमलाल भट्टराई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बाँस्कोटा, अरुण नेपाल, राजेन्द्र गौतमलगायत नेताहरुले आकांक्षी छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending