यी राशी भएका महिलालाई भूलेर पनि साथी नबनाउनुस्, पछुताउनु पर्ला
श्रावण १७ गते, २०७२ आइतवार 2nd August, 2015 Sun१५:५६:११ मा प्रकाशित
ज्योतिषः कुन राशी भएकालाई साथी बनाउने ?
हरेक व्यक्ति आफ्नो लागि एउटा यस्तो साथी चाहन्छ जसले उनको दुख सुखमा साथ दिन सकोस् । हुन त धेरै मानिसहरुले निकै सोचर नै साथी बनाउने गर्दछन् तर पनि थुप्रै पटक गलत साथीहरुले जीवनलाई नर्क तुल्य बनाएको हुन्छ । आउनुहोस्, कुन राशी भएका महिलालाई साथी बनाउँदा तपाईंले पछुताउनुपर्छ ?
मेष राशी (चू, च, चो, ला, ली, लू, ले, लो, आ)
यो राशीका साथीहरु हुन त आफ्नो जीवनसाथीमा अधिकार जमाउने किसिमका हुन्छन् तर उनीहरु जसलाई साथ दिन्छन्, उनीहरुलाई लामो समयसम्म साथ दिन्छन् ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
यदि तपाईंको वृष राशी भएको महिला वा पुरुषसँग साथीको सम्बन्ध छ भने तपाईं ती मानिसहरुको सूचीमा पर्नुहुन्छ जसको एक सच्चा साथी छ । वृष राशी भएकी महिला आफ्नो साथीहरुलाई सम्मान गर्छिन् भने उनको लागि जे पनि गर्न तयार हुन्छिन् ।
मिथुन राशी (का, की, कू , घ, ड, छ, के, को, हा)
हुन त मिथुन राशी भएका मानिसहरु आफ्नो साथीबाट निकै आशा राख्छन् तर आवश्यक पर्दा यी व्यक्तिहरु साथीको लागि जे पनि गर्न तयार हुन्छन् । जब तपाईं आफ्नो जिन्दगीको सबैभन्दा नराम्रो स्थितीबाट गुज्रिरहेको अवस्थामा मिथुन राशीका मानिसहरुले नै तपाईंलाई साथ दिनेछन् ।
ककर्ट राशी (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
यो राशी भएका मानिसहरुलाई साथी बनाउनु सानो बच्चालाई साथी बनाउनु जस्तो हुन्छ । कर्कट राशी भएका महिला पुरुष आफ्नो सम्बन्ध निभाउँदा कहिले पनि आफ्नो स्वार्थ हेर्दैनन् । उनीहरु पूरा इमान्दारीताका साथ सम्बन्धमा रहिरहन्छन् ।
सिंह राशी (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
यो राशी भएका मानिसहरु आफ्नो आदर्श र सिद्धान्तका लागि बाँच्ने गर्छन् । उनीहरुका लागि साथीहरुलाई साथ दिनु नै सबैभन्दा ठूलो कुरा हो । यी व्यक्तिहरु आवश्यक पर्दा आफ्नो सबैकुरा दाउमा लगाउन पनि पछि पर्दैनन् ।
कन्या राशी (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सम्बन्धमा इमान्दारीता देखाउनु छ भने कन्या राशीका व्यक्तिभन्दा राम्रो तरिका अरु कसैले देखाउन सक्दैनन् । सम्बन्धमा तपाईं कन्या राशी भएका महिला पुरुषलाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ ।
तुला राशी (रा, री, रू, रे, री, ता, ती, तू, ते)
तुला राशीलाई भावनाप्रधान राशी मानिन्छ । यो राशी भएका मानिसहरु जीवनमा एउटा सन्तुलन बनाएर हिँड्ने गर्दछन् तर पनि आवश्यकता पर्दा यी मानिसहरु आफ्नो पार्टरनलाई भावनात्मक सहयोग गर्न पछि पर्दैनन् ।
वृश्चिक राशी (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
यो राशी भएका मानिसहरुको सम्बन्ध स्थाई हुँदैन । यो राशीको महिला पुरुष मित्र आफ्नो शर्तको आधारमा नै सम्बन्ध बनाउँछन् र आफ्नै शर्तमा सम्बन्धबाट बाहिर निस्कने गर्दछन् । तपाईंले यी राशी भएका साथीहरुलाई कहिले पनि विश्वास गर्नुहुँदैन । तर यदि तपाईं अस्थाई मित्रता बनाउन चाहनुहुन्छ भने यी व्यक्तिहरुलाई साथी बनाउनुहोस्, यद्यपी यसमा पनि तपाईंलाई हानी नै हुनसक्छ ।
धनु राशी (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आफ्नो साथी र जीवनसाथीका लागि समर्पण यी व्यक्तिबाट सिक्नुहोस् । यी व्यक्तिहरु न त कहिले आफ्नो साथीलाई धोका दिन्छन् न त उनीहरुबाट केही विशेष आशा राख्छन् । यी राशी भएका मानिसलाई साथी बनाउनु तपाईं भाग्य बलियो छ भनेर बुझ्नुहोस् ।
मकर राशी (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
मकर राशी भएका व्यक्तिहरु मुडी हुन्छन् । यी व्यक्तिहरुले कहिले के भन्छन् अथवा के गर्छन् कसैले भन्न सक्दैनन् । यी मानिसहरु धेरैजसो अवस्थामा अरुको भावना पनि बुझ्न सक्दैनन् जसले उनको साथीहरुलाई भावनात्मक रुपमा ठेस् पुगेको हुन्छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
यदि तपाईंको साथी अथवा पार्टनर कुम्भ राशीको हुनुहुन्छ भने निश्चित रुपमा तपाईं आँखा बन्द गरेर उनलाई विश्वास गर्न सक्नुहुन्छ । यी व्यक्तिहरु आदर्श र सिद्धान्तको पक्का हुन्छन् र आफ्नो साथीहरुलाई सहयोग गर्नको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् ।
मीन राशी (दी, दु, थ, दे, दो, चा, ची)
मीन राशी भएका व्यक्तिहरु सम्बन्ध निभाउने बेला आफ्नो अरु केही हेर्दैनन्, तत्काल त्यागको सबै सिमा पार गर्ने गर्दछन् । तर यति सबै गर्दा पनि उनको साथीहरुको भने उनलाई साथ दिँदैनन् । एकप्रकारले मीन राशी भएका व्यक्तिलाई साथी बनाउनु भाग्यमानीको निशानी हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: